बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

बुधबार, ०५ फागुन २०७२, ०६ : ४५
बुधबार, ०५ फागुन २०७२

गाईघाट -  गए राति सिरिसे गाविस–१ स्थित बेतेनी रुपाटार सडक खण्डमा एउटा बलेरो जिप दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

ग१ज ४६१६ नंको उक्त जिप बेतेनी सडक खण्डमा बे्रक फेल भई सडकबाट तीन किमी तर खस्दा जिपमा सवार लिम्पाटार–३ बस्ने ३१ वर्षीय तेजबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव राति नै इलाका प्रहरी कार्यालय कटारीले कटारी अस्पतालमा ल्याएर शवपरीक्षणका लागि राखेको प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताउनुभयो ।

अन्य घाइतेको भने अहिले कटारी अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक र गाडी साहुजीसोरुङङ छबिसे–६ बस्ने ५१ वर्षीय गौरबहादुर कटुवाल भने फरार रहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप