बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवनका स्थानीय निकायका गतिवधि अब मोबाइलमै

बुधबार, ०५ फागुन २०७२, १३ : ५२
बुधबार, ०५ फागुन २०७२

चितवन -  तपाई स्थानीय निकायका गतिविधि कहाँबाट थाहा पाउनुहुन्छ ? की त अफिस धाएर या त कुनै कर्मचारीलाई सोधेर थाहा पाउनु हुन्छ होला ।

तर अब तपाई आफ्नै मोबाइलबाट यस्ता गतिविधि घरमै बसेर हेर्न सक्नुहुन्छ । सूचना प्रविधिको विकाससँगै स्थानीय निकायले पनि आफ्नो गतिविधि प्रविधिमार्फत नै सर्वसाधारणलाई जानकारी दिन सुरु गरेका छन् ।

अब घरमै बसेर आफ्नै मोबाइलबाट गतिविधि हेर्नसक्ने गरी चितवनको भरतपुर नगरपालिका र जिल्ला विकास समितिले मोबाइल एप्लिकेसनको विकास गरेको छ । निकटमै चितवन निकुञ्जले समेत तयारी गरिरहेको छ ।

अहिले भरतपुर उपमहानगरपालिकाले परीक्षणमा ‘भरतपुर सवमेट्रो’ नामको एप्लिकेसनको विकास गरेर परीक्षण समेत सुरु गरिरहेको छ भने जिल्ला विकास समिति चितवनले निकट भविष्यमै एप्लिकेसन सञ्चालन गर्न लागेको छ । ‘एनड्रोइड मोबाइलमा प्ले–स्टोरमा’ गएर यो एप डाउनलोड गर्न सकिनेछ ।

‘अहिले सूचना प्रविधिमा नगरपालिका भनेर एप्लिकेसन बनाइसकेका छाँैं, उपमनपाकी सूचना अधिकृत मेनका पण्डितले भने, हामी परीक्षणमै छाँैं, सल्लाह सुझावअनुसार काम भइरहेको छ ।’

उहाँका अनुसार आएका सुझावलाई सम्मान गर्दै परिमार्जन गरेर औपचारिक घोषणा गरिनेछ ।

एनड्रोइड मोबाइलबाट हेर्न मिल्ने उक्त एप्लिकेसनमा भरतपुर उपमहानगरका हरेक गतिविधि हालिनेछ । महत्वपूर्ण निर्णय, काम कारबाही, कागजात, बोलपत्र, प्रोफाइल, नागरिक बडापत्र सबै एप्लिकेसनमा लोड गर्ने काम भइरहेको पण्डितले बताए ।

भरतपुर उपमहानगरले यसअघि आफ्नो बेव bharatpurmun.gov.np सञ्चालनमा ल्याइसकेको छ । बेवसाइट हेर्न अलि समस्या हुने र कम्प्युटरमा बस्नुपर्ने कतिपय ठाउँमा बाध्यता हुने गर्दछ । त्यसैले उपभोक्तालाई सहजताका लागि एप बनाइएको हो ।

बेवसँगै एप्लिकेसन लिङ्क गरिएकाले मोबाइलबाटै एप्लिकेसन खोलेपछि हरेक गतिविधि हेर्न सकिने सूचना अधिकृत पण्डितले बताए ।

यस्तै, जिविस चितवनले पनि जनताको सहजताका लागि एप्लिकेसनको विकास गरेको स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

जिल्लामा स्थानीय निकायको बजेट सबैभन्दा बढी जिविस मार्फत परिचालन हुन्छ । त्यसैले जनताले घरमै बसेर जानकारी लिनसक्ने भएकाले एप प्रभावकारी हुने अपेक्षा पोखरेलको छ । त्यसपछि धेरै बजेट भरतपुर उपमहानगरमा हुन्छ ।

यी दुई निकायसँगै चितवन राष्ट्रिय निकुञ्जले पनि एप्लिकेसन मार्फत गतिविधि जानकारी दिने तयारी गरेको निकुञ्जले जनाएको छ । यसअघि निकुञ्जमा गैँंडा अनुगमनका लागि संरक्षण क्षेत्रमै पहिलो पटक मोबाइल एप्लिकेसनको प्रयोग थालिएको थियो ।

संरक्षण कार्यलाई प्रभावकारी बनाउन नेपालका संरक्षित क्षेत्रमा नै पहिलो पटक चितवन निकुञ्जको पूर्वी क्षेत्रबाट उक्त प्रयोग सुरु भएको हो । वास्तविक समयमा गँैंडा के गर्दैछ भनेर एप्लिकेसन मार्फत हेर्न सकिने गरी सफ्टवेयर तयार पारिएको हो ।

यसअघि, नेपाली सेनाले गस्तीका लागि मात्रै भनेर एउटा प्रविधि भित्र्याएको भएपनि गैँंडाको अनुगमनमा केन्द्रित गरेर एप्लिकेसन आएको हो ।

कोठामै बसेर गैँंडा कहाँ गइरहेको छ भनेर अनुगमन गर्न मिल्ने गरी मोबाइल एप्लिकेसन तयार भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप