बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषधसहित बाबुछोरा पक्राउ

बुधबार, ०५ फागुन २०७२, १४ : ०३
बुधबार, ०५ फागुन २०७२

दाङ - दाङमा प्रहरीले दुई किलो ५०० ग्राम लागुऔषध चरेशसहित एकै घरका बाबुछोरालाई नियन्त्रणमा लिएको छ ।

घोराही नगरपालिका–७ डुम्मरगाउँ प्रगतिटोलका ४७ वर्षीय नगेन्द्र बूढा र २३ वर्षीय छोरा ठाकुरप्रसाद बूढालाई मङ्गलबार राति दुई किलो ५०० ग्राम चरेशसहित नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए ।

चरेश राखेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा शौचालयको छानामा लुकाई राखेको अवस्थामा उक्त चरेश फेला परेपछि बाबुछोरालाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीका अनुसार यसअघि पनि अहिले पक्राउ परेका ठाकुरप्रसाद र उनका आमा चरेशकै मुद्दामा सजाय भोगेर छुटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप