मधेस आन्दोलनको असर सीमावर्ती भारतीय बजारमा पनि
जनकपुर - तराई मधेसमा भएको लामो समयदेखिको बन्द, हडताल र नाकाबन्दीले सीमावर्ती भारतीय बजारसमेत प्रभावित भएको छ ।
मधेसी मोर्चाले गरेको बन्द हडतालको कारण सीमावर्ती भारतीय बजार जयनगरमा मात्रै २०० करोड बढी भारतीय रुपैयाँ बराबरको घाटा भएको व्यापारी बताउँछन् । धनुषा र सिरहाको थोक तथा खुद्रा व्यापारी र सेवाग्राहीको चाप रहने सो भारतीय बजारमा ७० प्रतिशत नेपाली ग्राहक खरिद गर्न आउने गरेका छन् । तर विगत पाँच महिनादेखि भएको बन्द हडतालको कारण व्यापार नराम्ररी प्रभावित हुन गएको जयनगर चेम्बर अफ कमर्सले जनाएको छ ।
ठूलो सानो गरी करिब एक हजार व्यापारी रहेको सो बजारमा ग्राहकले मुख्यरुपमा कपडा, किराना सामान, कस्मेटिक, स्पेयर्स पार्टस खरिद गर्ने गरेका छन् । दैनिक दुई करोड ५० लाख भारतीय रुपैयाँको व्यापार हुने गरेको सो बजारमा अहिले लामो समयको बन्द हडताल खुलेपछि २० प्रतिशत मात्र व्यापार भइरहेको स्थानीय व्यापारीको भनाइ छ ।
करिब २०० वर्षको इतिहास बोकेको सो भारतीय बजार नेपाल भारतबीच रहेको वैवाहिक, सांस्कृतिक र सामाजिक सम्बन्धको कारण सिरहा र धनुषाबाट जाने ग्राहकको कारण सो बजार गुल्जार हुँदै गएको हो भने ग्राहक र व्यापारीबीच रहेको सुमधुर सम्बन्धको कारणसमेत फस्टाउँदै गएको छ ।
नेपाली बजारभन्दा भारतको जयनगर बजारमा सामानको मूल्य ३० देखि ४० प्रतिशत कम हुने गरेकाले नेपालीहरु सो बजारतर्फ आकर्षित हुने गरेको जयनगर चेम्बर्स अफ कमर्सका महासचिव अनिलकुमार बैलोरियाले बताए ।
––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण