३ करोडमा दुर्लभ हुचिल बेच्न खोज्ने ७ जना प्रहरीको फन्दामा
काठमाडौं– दुर्लभ तथा संरक्षित वन्यपन्छी हुचिलको अवैध कारोबार गर्ने कार्यमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । हुचिलको अवैध कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा खोजतलास गर्दै जाँदा मंगलबार महानगरिय अपराध महाशाखाले उनीहरुलाई काठमाडौंको तारकेश्वर नगरपालिका–८ बाट हुचिलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा फुजेलका विष्णु अमगाईँ, सुमन लामिछाने, बोर्लाङका दीपराज रेग्मी, चउरपानीका वीरमान गुरुङ, झापाका पृथ्वी चेमजोङ , मोरङ पथरीका वीर बहादुर खत्री र ललितपुर महालक्ष्मी नपा–८ का भुवेन लामा रहेका छन् ।
मुख्य अभियुक्त चेमजोङले अन्य अभियुक्तहरुको सहयोगमा तिन करोड रुपैयामा बिक्री वितरण गर्ने उद्देश्यले सो हुचिल आफ्नो साथमा राखी रहेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई छ । प्रहरीले उनीहरुको साथबाट एउटा गाडी र तीन ओटा मोटरसाइकलसमेत बरामद गरेको छ । उनीहरुले साइटिस महासन्धी १९७५ विरुद्दको अपराधमा आवश्यक कानुनी कारवाहीको लागि आज जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण