बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसी मोर्चाको नवलपरासी सदरमुकाममा लाठी जुलुस

बुधबार, ०५ फागुन २०७२, १४ : ३८
बुधबार, ०५ फागुन २०७२

नवलपरासी – थारुहट संयुक्त लोतान्त्रिक मधेशी मार्चा नवलपरासीले आज सदरमुकाम परासीमा लाठी जुलुस निकालेको छ । केन्द्रिय कार्यक्रम अनुसार मोर्चाले सदरमुकाम लाठी जुलुस निकालेको हो ।

तराई मधेश लोकतान्त्रीक पार्टीको कार्यालयबाट निस्ककोे मोर्चाको लाठी जुलुस परासी बजारका बिभिन्न भाग परिक्रमा गरी बुद्ध चौकमा पुगेर सभामा परीणत भएको थियो ।

कोण सभामा बोल्नेहरुले मधेश आन्दोलन मथ्थर नभएको बताउदै मोर्चा अहिले शक्ति संचयमा लागेको बताएका थिए ।

सरकारले आफना ११ बुंदे माग पुरा गर्ने संकल्प गरेमा आन्दोलन गर्ने रहर कसैलाई नभएको तमलोपाका बरीष्ठ उपाध्यक्ष हृदयस त्रिपाठीले बताए ।

लाठी जुलुसमा तमलोपाका बरीष्ठ उपाध्यक्ष हृदयस त्रिपाठी लगायत केन्द्र तथा जिल्लाका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । जुलुसमा सहभागीले सरकार र प्रधानमन्त्री बिरुद्ध चर्का नारा लगाएका थिए ।

संबिधान निर्माणमा चित्त नबुझेर मोर्चा बिगत लामो समय देखी आन्दोलीत हुदै आएको छ । सिमांकनको बिषय मोर्चाले बिगत देखी नै पेचीलो रुपमा उठाउदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप