पोखरामा एउटै मःम को ५५ हजार मूल्य !
पोखरा– पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भोलिदेखि तीन दिनसम्म पेप्सी मःम मेला हुने भएको छ ।
आर इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा गर्न लागेको दोस्रो मेलामा विभिन्न २५ थरिका मःमको स्वाद एकै ठाउँमा लिन सकिने भएको छ । कार्यक्रम संयोजक रविन गुरुङका अनुसार मेलाको आकर्षणका लागि रु ५५ हजारको लागतमा एउटै मःमको डल्लो प्रदर्शन गरिने छ ।
मेलामा एक लाख दर्शक आउने अपेक्षा गरिएको जानकारी दिँदै उनले प्रदर्शनी अवधिमा दर्शकलाई लक्षित गरी रु १० लाख मःमका डल्ला बनाउने तयारी गरिसकिएको बताए । आगामी फागुन ८ गतेसम्म चल्ने मेलामा लगभग ७० वटा स्टल रहने र त्यसमा २० वटा स्टल रेस्टुराँ हुने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यावसायिक प्रयोजनका रहने प्रचारप्रसार उपसमितिकी संयोजक ज्योति क्षेत्रीले जानकारी दिए ।
मेलाले पोखराको पर्यटकीय विकासमा थप मद्दत पु¥याउने र यो आन्तरिकका साथै बाह्य पर्यटनको विकासका लागि पनि महत्वपूर्ण बन्ने विश्वास गरिएको छ । नेपालमा पछिल्लो समय मःमः बढी प्रयोग हुने खाजाका रुपमा विकास भइरहेका बेला यसका पारखीले मेलालाई रुचाउने अपेक्षा गरिएको क्षेत्रीको भनाइ छ ।
चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका पारखीले मेलामा २५ प्रकारका मःमको स्वाद लिन पाउने छन् भने दार्जिलिङ्का साथै काठमाडौँको मःमको स्वाद पनि मेलामा लिनसक्ने व्यवस्था मिलाइएको छ । मेलामा सहभागी दर्शकले पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, बिग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद लिन सक्नेछन् ।
सांस्कृतिक उपसमितिका संयोजक पुजन कोइरालाका अनुसार मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट, फेसन विक र डिजे सेसन राखिएको छ । मेला सम्पन्न गर्न रु ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने संयोजक गुरुङले बताए । “पोखरा प्राकृतिक रुपले अत्यन्त दर्शनीय स्थान भएकाले यो पर्यटकको विशेष रोजाइमा परेको छ,” उनले भने, “यो प्राकृतिक सुन्दरताको भरपुर उपयोगका लागि शान्तिपूर्ण वातावरण आवश्यक रहेकाले अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र निर्माण यहाँको आवश्यकता हो ।” मेलाको उद्घाटन सडक बालबालिकालाई २५ वटै थरिका मःम खुवाएर गरिने भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण