बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीसँग भारत खुसी छः भारतीय राजदूत

बुधबार, ०५ फागुन २०७२, १५ : ५०
बुधबार, ०५ फागुन २०७२

काठमाडौ– नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्न लाग्दा आफूहरु खुसी रहेको प्रतिक्रिया दिएका छन् । उनले ओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमण अत्यन्तै सफल हुने विश्वास ब्यक्त गर्दै भ्रमणपछि दुई मुलुकवीचको सम्बन्ध अझै प्रगाढ बन्ने समेत बताए । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राजदुत रेले नेपालका प्रधानमन्त्रीको यो भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको भन्दै दुई मुलुकवीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व अझै बढाएको बताए । उनले भने,‘ पछिल्लो समयमा नेपाल र भारतवीचको सम्बन्धमा उतारचढाव आयो । प्रधानमन्त्रीको यो भ्रमणले यस्तो असहज परिस्थितिको अन्त्य गर्छ । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु हुँदैछ हामी यसबाट खुसी छौ । प्रधानमन्त्रीको भ्रमण सफल हुन्छ, प्रोडक्टिब हुन्छ, फु्रटफुल हुन्छ । यसले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।’ राजदुत रेले प्रधानमन्त्रीको भ्रमणमार्फत भारतले आर्थिक विकास र पुनःनिर्माणको साझेदारीमा शसक्त सन्देश दिने उल्लेख गर्दै भने,‘ हामीले जलविद्युतको कसरी विकास गरेका छौ र भुकम्प पछिको पुर्ननिर्माण कसरी गरेका छौ भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौ ।’ नयाँ दिल्ली र मम्बईमा आर्थिक क्षेत्रसँग अन्र्तक्रिया हुने जानकारी दिदै दुई देशको सम्बन्ध आर्थिक विकास र साझेदारीमा केन्द्रीत भए दुबै मुलुकको हित हुने धारणा राखे । राजदुत रेले प्रगाढ सम्बन्ध भएका दुई मुलुकवीच अलि अलि समस्या आउनु स्वभाविक भएको भन्दै सम्बन्धको आधार सकारात्मक भएकोले यसलाई आफूहरु अझै बलियो बनाउने पक्षमा रहेको बताए । उनले प्रधानमन्त्रीको भ्रमणको क्रममा पुर्ननिर्माणको विषयमा ठोस धारणा आउने भन्दै सीमा सुरक्षा लगायतका विषयलाई कानूनी रुप दिने विषयमा पनि छलफल हुने स्पष्ट पारे । राजदुत रेले सीमा सुरक्षाका विषयमा दुई देशका स्थानीय अधिकारी र सुरक्षा प्रमुखवीच र्भरहेको छलफल सकारात्मक भएको भन्दै पछिल्लो समयमा बढेको तस्करी आपूर्ति सहज भए पछि आफै अन्त्य भएर जाने दावी गरे । उनले नेपाले गठन गरेजस्तै प्रवुद्ध समूह भारतले पनि छिट्टै गठन गर्ने जानकारी दिदै त्यसले दुई मुलुकवीच कायम रहँदै आएका समस्यालाई संबादबाट सकारात्मक दिशामा अघि बढाउने विश्वास ब्यक्त गरे । राजदुत रेले नेपालमा प्रदेशहरुको पुनःसीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय सकारात्मक भएको भन्दै नेपालले आन्तरिक समस्या संबादबाटै समाधान गर्ने विषय सकारात्मक भएको बताए । यद्यपि उनले यी विषय नेपालको आन्तरिक मामिला भएकोले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप