बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनेरास्ववियुमा मतदान प्रक्रिया सुरु हुन सकेन, दुई पक्षबीच झडपको स्थिति

बुधबार, ०५ फागुन २०७२, १६ : ४२
बुधबार, ०५ फागुन २०७२

काठमाडौ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौ प्रज्ञा भवनमा जारी २२ औ राष्ट्रिय महाधिवेशनमा एक साता हुनै लाग्दा समेत मतदान प्रक्रिया सुरु हुन सकिरहेको छैन । २८ गतेदेखि सुरु भएको महाधिवेशनमा २९ गते नै निर्वाचन प्रक्रियाको थालनी गर्ने भनिए पनि आज ५ गते हुदाँ समेत मतदान प्रक्रियाको थालनी हुन नसकेको हो ।

मतदान प्रक्रियाको सुरुवात नै नभई झडप भएपछि बुधबार दिउँस प्रधानमन्त्री निवासबास बालुवाटारमा एमालेको उच्च तहका नेता र अनेरास्ववियुका पूर्व नेताहरुको बैठक बसिरहेको स्रोतले जानकारी दिएको छ ।

अहिलेसम्म पनि को को उम्मेदावार भए भनेर अन्तिम नामावली आधिकारीक रुपमा बन्द सत्र स्थलमासार्वजनिक नगरिएकोले एक प्रतिनिधिले रातोपाटीलाई बताए । २ गते नै एमालेका सचिव तथा मोर्चा फाटँ प्रमुख गोकर्ण विष्टलाई बन्द सत्रको अध्यक्ष मण्डलको अध्यक्ष घोषणा गरे पनि आज साझँसम्म पनि निर्वाचन मतदानको थालनी हुने नहुनेमा अन्यौल रहेको छ । मङ्गलबार बिहानबाट नै मतदान हुने जानकारी पाएका प्रतिनिधीहरु आज बुधबार यो समाचार तयार गर्दा समेत मतदान गर्न नपाएपछि अन्यौलग्रस्त भएका हुन् ।

दुई प्यानलनै बनाएर अध्यक्षयमा उठेका नबिना लामा र दिपक गौतम समुह बिच दैनिक झडपको स्थिति हुने गरेको एक प्रतिनिधीले जानकारी दिएका छन् । झडपको स्थिती देखा परेपछि कार्यक्रम स्थलवरपर सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । गुट भित्र पलाएको उपगुटको कारणले उम्मेदवार समेत छनोट गर्न दुई समुह नै असक्षम भएपछि समयमा नै उम्मेदवारी दर्ता हुन सकेको छैन । लामा र गौतम समुह भित्रकै आन्तरीक खिचातानीले केहि पदाधिकारी, सचिवालय सदस्य, केन्द्रिय सदस्य, लेखा,निर्वाचन र अनुसाशन आयोग सदस्यहरुको टुंगो समेत समयमा नै लाग्न सकेको छैन । यसअघि काठमाडौ क्याम्पस जिल्ला कमिटी, केहि अन्य जिल्ला, अञ्चल लगायतका कमिटीहरुको १ सय ५० भन्दा धेरै प्रतिनिधि विवादको कारणले महाधिवेशनमा निर्वाचन प्रक्रिया ढिला भएको थियो । २ दिनेको महाधिवेशन भनेर राजधानी आएका कतियप जिल्लाका प्रतिनिधिले भने एक सातामा पनि महाधिवेशन नसकिएने भएपछि समस्यामा परेको बताएका छन् ।

केन्द्रिय कमिटिले जारी गरेको सकुर्लर अनुसार कतिपय कमिटीले माइन्युटको फोटोकपी सहित प्रनितिधी चयन गरेको जानकारी गराएपनि विवाद भएको छ । माघ २७ गते उद्घाटन गर्ने तयारी गरिएको भएपनि पूर्व प्रधानमन्त्री एवम नेपाली काग्रेसका सभापति शुसिल कोइरालाको निधनले २८ गते मात्र महाधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नबिना लामालाई र एमालेका अर्का नेता पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले दिपक गौतम समुहलाई सर्मथन गरेका छन् । चार महिना अगाडी सम्पन्न अनेरास्ववियुको विधान सम्मेलनले १ सय ४१ केन्द्रिय सदस्य, १ सय ४१ रापस, ४५ जना आयोगका सदस्य बनाउने गरी विधान पारीत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप