आलोचकलाई रोनाल्डोले दिए यस्तो जवाफ (भिडियो)
बिहीबार, ०६ फागुन २०७२, ०९ : १२
रोम — इटालियन क्लब एएस रोमाविरुद्धको खेलअघि धेरैले यस सिजन रोनाल्डोको घरेलु मैदानबाहिरको फर्मको विषयलाई लिएर प्रश्न उठाइरहेका थिए । हुन पनि उनले गत नोभेम्बर २९ देखि स्टान्टियागो बर्नेबाउबाहिर गोल गर्न सकिरहेका थिएनन् । खेलअघि पत्रकारहरुले यही विषय उठाएपछि उनी रिसाएर पत्रकार सम्मेलन नै छाडेर हिँडेका थिए । ‘म स्पेन आएपछि कसैले मभन्दा धेरै घरेलु मैदानबाहिर गोल गर्न सकेको छ ? एउटा खेलाडीको नाम दिनुहोस् । उत्तर छैन ? धन्यवाद,’ उनले भनेका थिए । पत्रकार सम्मेलनबाट उठेर हिँडेका बुधबार राती च्याम्पियन्स लिग अन्तरगत पहिलो लेगको खेलमा रोमाविरुद्ध उसैको गृहमैदानमा गोल गर्दै आलोचकहरुलाई रोनाल्डोले जवाफ फर्काए । उनले निकै उत्कृष्ट गोल गर्दै रियललाई खेलमा अग्रता दिलाए । हेर्नुहोस् रानोल्डोको गोल :
३१ वर्षीय पर्चुगिज स्टारले अर्को एक सुन्दर अवसर भने गुमाएका थिए । यद्यपि, उनी यस सिजन च्याम्पियन्स लिगमा घरेलु मैदानबाहिर सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले घरेलु मैदानबाहिर ५ गोल गरिसकेका छन् भने प्रतियोगितामा गोलसंख्या १२ पुर्याएका छन् । यस सिजन उनको यो ३३ औं गोल हो । रियलका लागि अर्को गोल जेसेले गरे । पहिलो लेगमा रियलले रोमामाथि २–० को महत्वपूर्ण अग्रता बनाएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण