बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई वर्षभित्र २ लाख ५० हजार विपन्न परिवारमा वित्तीय पहुँच पुराउने उन्नतिको लक्ष्य

बिहीबार, ०६ फागुन २०७२, ११ : ०१
बिहीबार, ०६ फागुन २०७२

काठमाडौं – आगामी दुई वर्षभित्र पूर्वि पहाडको दुर्गम तथा विकट क्षेत्रका बासिन्दामा वित्तीय सेवाको पहुँच पु¥याइने भएको छ । डेनमार्क सरकारको सहयोगमा नेपाल राष्ट्र बैक र संयुक्त राष्ट्र संघीय पुँजी विकास कोष (युएनसीडीएफ) ले संयुक्तरुपमा सञ्चालित वित्तीय पहुँच परियोजना (उन्नति) मार्फत २ लाख ५० हजार विपन्न परिवारमा वित्तीय पहुँच पुर्याउने भएको हो । बुधबार राजधानीमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको उन्नति कार्यक्रमअन्र्तगत पूर्वी क्षेत्रका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर र धनकुटासहितका सात जिल्ला तथा देशभरिका विकट र विपन्नलाई समेटिनेछ । वित्तीय सेवामा साना किसान र लघु, साना तथा मझौला उद्यमीहरुको पहुँचलाई गहन बनाउने, वित्तीय संस्थाको क्षमतामा अभिवृद्धि हुने र साना किसान र लघु, मध्यम तथा साना उद्यमिका लागि वित्तीय सेवाको विस्तार गर्ने परियोजनाको लक्ष्य छ । वित्तिय संस्था गरीबका लागि धेरै टाढा छन् : गभर्नर नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरञ्जीवी नेपालले नेपालका वित्तिय संस्था गरीव जनताको पहुँचबाट धेरै टाढा रहेको बताएका छन् । हालसम्म नेपालमा पनि ४० प्रतिशत जनता मात्रै बैकिङ पहुँचमा रहेको बताएका छन् । बाँकी मध्ये २१ प्रतिशत सहकारी र अन्य गैरसरकारी संघसंस्था तथा २१ प्रतिशत अनौपचारिक माध्यमबाट केही नजिक रहेको भएपनि १८ प्रतिशत जनतामा बैकिङ पहुँच नै नभएको बताए । ‘पहुँचविहिनसम्म वित्तीय साक्षरता पुग्नुपर्ने अहिलेको अवस्थामा जरुरी छ,’ उनले भने । उन्नतिले वित्तिय पहुँच कार्यक्रम सञ्चालन गर्न लागेकोले यो ती गरीव जनताको लागि ठूलो अवसर भएको उनको भनाई छ । अहिलेसम्म वित्तीय पहुँच गरिबी र विपन्नसम्म पु¥याएर कार्यक्रमलाई गरिबी निवारणमा केन्द्रित गरिनुपर्ने बताए । उन्नतिले सञ्चालन गर्न लागेको कार्यक्रम गरीव जनतामा वित्तीय पहुँच पु¥याउनका लागि ठूलो अवसर हुने उनको भनाई छ । ‘तर भैरहेको काम गर्ने होईन, त्यो समुदायको पहुँचको केही नयाँ काम गर्नुस्,’ उनले भने । कार्यक्रममा नेपालस्थित डेनमार्ककी राजदूत किष्टन जिलानले कार्यक्रमले साना किसान, महिला र सीमान्तकृत समुदायको विकासमा सहयोग पुग्ने बताइन् । राष्ट्र बैकका कार्यकारी निर्देशक एवं उन्नति कार्यक्रमका राष्ट्रिय निर्देशक डा. विनोद आत्रेय, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) का निर्देशक रिनाउड मेयर, मोबाइल मनी फर द पुअर प्रोगामका विश्व प्रबन्धक टीलम्यान बु्रउट, नेपाल बैर्कस एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल, युएनसीडीएफका राष्ट्रिय संयोजक उज्वल पोखरेललगायतले उन्नति कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप