प्रधानमन्त्री ओली नयाँदिल्लीमा
शुक्रबार, ०७ फागुन २०७२, १८ : ४१
नयाँदिल्ली– प्रधानमन्त्री केपी शर्मा ओली भारतको छ दिने राजकीय भ्रमणका सिलसिलामा आज अपराह्न यहाँ आइपुगेका छन् ।
उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेका हुन् । प्रधानमन्त्री ओलीको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका राजदूत रणजित राय, प्रवासी नेपाली सङ्घका अध्यक्ष लोकनाथ भण्डारी, यहाँस्थित नेपाली दूतावासका अधिकारी र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका हुन् ।
प्रधानमन्त्री ओली विश्रामका निम्ति अहिले राष्ट्रपति भवनमा छन् । यहाँ रहँदा उनी सोही भवनमा रहनेछन् । छैसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजदूत उपाध्यायले आजै साँझ बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण