कालोबजारी र तस्करीको जिम्मा मधेशवादी दलले लिनुपर्छ : नेता नेपाल
ताप्लेजुुङ– नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो समय नेपालमा मौलाएको कालोबजारी र तस्करीको जिम्मा मधेसवादी दलले लिनुपर्ने बताएका छन् । संविधान जारी भएपश्चात मधेसवादी दललाई उपयोग गरेर भारतले लगाएको लामो नाकाबन्दीका कारण यस्ता अराजक गतिविधि बढेकोले यसको सबै जिम्मेवारी मधेसवादी दलले नै लिनुपर्ने नेता नेपालले बताएका हुन् ।
विगत २०४८ साल यताको संसदीय तथा संविधानसभा निर्वाचनमा लगातार बिजय हासिल गरेकोभन्दै नेकपा एमालेले मनाउन लागेको ताप्लेजुुङ क्षेत्र नं. २ को रजत महोत्सव कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
नेता नेपालले नाकाबन्दी जस्ता पीडाबाट पाठ सिक्दै अब हाम्रो देशले छिमेकी सबै देशसँग सम्बन्ध सुदृढ गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता नेपालले भने– ‘अब नयाँ नेपाल निर्माणको परियोजना सुरु गर्नुपर्ने बेला आएको छ, संबिधानको कार्यान्वयनसँगै नेपाललाई सुदृढ अर्थ व्यवस्थामा रुपान्तरण गर्न विकासको गतिलाई मिसनको रुपमा लिनुपर्छ ।’
उनले संविधान जारी भएपछि देश नयाँ आर्थिक क्रान्तिको चरणमा समेत प्रवेश गरेको बताउँदै कम्बोडियाको विकास गतिबाट पाठ सिकेर नेपालको विकासमा जुट्नुपर्ने बताए । अब नेपालमा हरेक वर्ष एक करोड आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर अर्थ व्यवस्थामा आमुल परिवर्तन ल्याई विकासको ढोका खोल्न आवश्यक भएको उनले बताए ।
यता हाल संविधान कार्यान्वयनमा देखिएको समस्याबारे सहमतिको राजनीतिलाई देशका प्रमुख दलले मुख्य एजेण्डा बनाउने हो भने कार्यान्वयनमा कुनै जटिलता नहुने पनि उनले तर्क गरे । उनले संबिधान निर्माणका क्रममा एक ठाउँमा रहेका दलहरु संविधान कार्यान्वयनमा सबै एकसाथ रहनुुपर्ने बताए । केही राजनीतिक दलले अलि ढिला गरी संविधान जारी गरौं भन्दै जनताका प्रतिनिधिमार्फत बनेको संबिधान प्राप्त हुने स्थिति टर्ने अवस्थामा एमालेले त्यसो हुन नदिएको नेता नेपालले बताए ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका प्रशंगमा नेता नेपालले यो बेला दुुरगामी प्रभाव पार्ने अरु कुनै नयाँ एजेण्डामा सहमति नहुुने र दुुई देशबीचको बिग्रिएको सम्बन्ध पूरानै ठाँउमा ल्याउन सद्भावपूर्ण पहल हुने उनले बताए । उनले प्रधानमन्त्रीको यो भ्रमणसँगै यसअघिका असमान सन्धि सम्झौता पुनरावलोकनका बिषय पनि विस्तारै उठ्दै जाने दावी गरे ।
यस्तै रजत महोत्सव उद्घटनसभालाई सम्बोधन गर्दै एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नाकाबन्दी खुलेसँगै संविधान कार्यान्वयनको ढोका खुलेको बताएका छन् । उनले नेपालमा संविधान जारी हुने वित्तिकै भारतले लगाएको अघोषित नाकाबन्दी खुलेपछि अब संविधान कार्यान्वयनको ढोका खुलेको र यससँगै मुलुक नयाँ दिशामा अघि बढ्ने तर्क गरे ।
नेकपा एमाले ताप्लेजुङले जिल्लाको क्षेत्र नं. २ मा २०४८ साल यता २०५१ र २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा जित हासिल गर्दै लगातार २५ वर्षसम्म विजयी बनेको भन्दै यस क्षेत्रको रजत महोत्सव मनाउन लागको हो । शुक्रबारदेखि सुरु भएको रजत महोत्सव विभिन्न कार्यक्रमका साथ आगामी चैत ३ गते सम्पन्न हुने एमाले ताप्लेजुङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण