बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पूर्वाञ्चल भलिवल क्लबले चुम्यो उपाधी

शुक्रबार, ०७ फागुन २०७२, १९ : ०१
शुक्रबार, ०७ फागुन २०७२

धाइजन–झापाको धाइजनमा जारी पूर्वाञ्चलस्तरीय भलिवल प्रतियोगिताको उपाधि पूर्वाञ्चल भलिवल क्लबले हात पारेको छ । कालीबहादुर गण चारआलीलाई सोझो सेटमा हराउँदै पूर्वाञ्चल भलिवल क्लबले उपाधि चुम्न सफल भएको हो । २५/२३, २५/१९ र २५/२१ अंक ल्याएर आफूलाई भलिवलमा निकै अब्बल ठान्ने कालीबहादुर गणलाई पराजित गरेको हो ।

जीतसँगै विजेता टीमलाई ५१ हजार नगद, ट्रफि र प्रमाणपत्रद्धारा फाइनल खेलका प्रमुख अतिथि एवं भलिवल संघका केन्द्रीय अध्यक्ष दानबहादुर तामाङले पुरस्कृत गरेका हुन् । त्यसैगरी उपविजेता टीम कालीबहादुर गण चारआलीले नगद ३१ हजारमा ट्रफि तथा प्रमाण पत्रमा चित्त बुझाउन परेको छ । खेल अवधिभर उत्कृष्ट खेलाडीको रुपमा पूर्वाञ्चलका सुरेश खड्का घोषित भए । उनलाई नगद तथा प्रमाणपत्रद्धारा सम्मान तथा पुरस्कृत गरिएको छ ।

त्यसैगरी वेष्ट डिफ्रेन्सको उपाधि दिनेश लामालाई, नविन रिजाललाई वेष्ट सटर, टंक बस्नेतलाई वेष्ट वलकर, अनुशासित खेलाडीको रुपमा सरोज चाम्लागाईलाई फाइनल खेलको म्यान आफ दि म्याच गोविन्द पराजुलीलाई प्रदान गरिएको भलिवल संघका रोशन दाहालले जानकारी दिए । भारत शिलिगुढीको एक टीम सहित १० वटा भलिवल टीमले सहभागिता जनाएको उक्त भलिवल प्रतियोगिता धाइजन, बुधबारे गाविस तथा शनिअर्जुन नगरपालिकाका युवाको संयुक्त पहल तथा ग्रीन वीस फिटनेश जीम सेन्टरको आयोजनामा गत फागुन ३ गतेदेखि सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप