बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

देशको राजनीतिक इन्जिनियरिङ बिग्रिएको छ : कार्यवाहक प्रधानमन्त्री

शुक्रबार, ०७ फागुन २०७२, १९ : १४
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ–कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले देशको राजनीतिक इन्जिनियरिङ बिग्रिएको बताएका छन् ।

नेपाल इन्जिनियरिङ एसोसियसनको १४औं सम्मेलन समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले राजनीतिले सपना कोर्छ, कल्पना गर्छ, त्यसलाई इन्जिनियरले साकार बनाउँछ, यसैले राजनीतिज्ञलाई सफल बनाउन इन्जिनियरको भूमिका महत्वपूर्ण हुन्छ भने ।

कार्यक्रममा एसियाली विकास बैंकका उपाध्यक्ष इन्जिनियर विन्दुनाथ लोहनी, नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष सत्यनारायण साह, एसोसिएसनका अध्यक्ष ध्रुवराज थापा, महासचिव किशोरकुमार झा, प्राविधिक समिति संयोजक कमल पाण्डेलगायतले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गरिनुपर्नेमा जोड दिएका थिए । सम्मेलनले दशबुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप