आत्मनिर्भर अर्थतन्त्रको विकासमा लाग्न दाहालको निर्देशन
काठमाडौँ–एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सो पार्टीको उत्पादन विभागको बैठकलाई सम्बोधन गर्दै उनले समाजवादी अर्थतन्त्रको विकासका लागि सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए ।
अध्यक्ष दाहालले नेपालको संविधानले समेत समाजवादलाई आत्मसात् गरेकाले सोहीअनुसारको नीति तथा कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । उनले आगामी एक दशक आर्थिक समृद्धिको मार्गमा प्रतिबद्ध भएर लाग्नुपर्ने र त्यसको नेतृत्व समेत एमाओवादीले नै गर्नुपर्ने उल्लेख गरे ।
उत्पादनलाई राजनीतिसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले उत्पादनसँग नजोडिएको राजनीति र समाजवादसँग नजोडिएको अर्थतन्त्रले मुलुकको फाइदासमेत नगर्ने जिकिर गरे । सामन्तवादको अन्त्यसँगै समाजवादको दिशामा अगाडि बढेको नेपाली समाजलाई नयाँ नेतृत्व प्रदान गर्दै समृद्ध तुल्याउनु आजको प्रमुख आवश्यकता भएको उनको कथन थियो ।
एमाओवादीको हेटौंडा महाधिवेशनले समेत उत्पादन र नवनिर्माणलाई जोड दिएको सन्दर्भ उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तासमेत उत्पादनमा केन्द्रित हुनुपर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकासमा प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।
बैठकमा स्थायी समिति सदस्य एवम् उत्पादन विभाग प्रमुख लोकेन्द्र विष्टले ‘उत्पादन श्रमसम्बन्धी कार्ययोजना’ प्रस्तुत गरेका थिए । विष्टले पेस गरेको कार्ययोजनामाथि शनिबार पुनः छलफल हुने उत्पादन विभाग सदस्य केशव नेपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण