बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आयल निगमसँग प्रतिस्पर्धा गर्न नीजि कम्पनी ल्याउने तयारी

शुक्रबार, ०७ फागुन २०७२, १९ : २५
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौं–आपूर्तिमन्त्री गणेशमान पुनले सरकारले आयल निगम बराबरकै हैसियतको ईन्धनको कारोबार गर्ने नीजि कम्पनीको तैयारी गरेको खुलासा गरेका छन् । दुई वर्षदेखि आयल निगमसँगै अरु कम्पनीहरु ल्याउने भनेर नीति लिएकोले सोही अनुसार काम भएको खुलासा गरेका हुन् । ‘सरकारले दुई वर्ष अघिदेखि आयल निगमसँगै अरु कम्पनी हुन जरुरी छ भनेर नीति ल्याइरहेको छ’ ग्याँस विक्रेता महासंघको तेश्रो राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै मन्त्री पुनले भने– ‘यो अवस्थामा आयल निगमले आफूलाई पूर्नसंरचना र सुधार गर्न जरुरी छ ।’ त्यसैले आयल निगमलाई पूर्नसंरचना गरी आगामी दिनमा आपूर्ति सहज र सुरक्षाको ग्यारेण्टी गर्ने तयारीमा मन्त्रालय रहेको उनको भनाई छ । मन्त्री पुनले नेपालमा नाकाबन्दी सुरु भइसकेपछि त्यही नीतिमा टेकेर आफैँ जिम्मेवार हुने गरी नीजि कम्पनीलाई जिम्मा दिइएको बताए । ‘कार्यविधि बनाएरै नीजि कम्पनीलाई दिइएको थियो’ उनले भने– ‘तर सफल हुन सकेन ।’ मन्त्री पुनले नेपालमा नाकाबन्दीको समयमा सहज तरिकाले सूचना प्रवाह गर्न नसकिएकोले सञ्चारमाध्यममा गलत समाचार आएको बताए । ‘निगम प्रमुख र मन्त्रालयले सहज बनाउन धेरै मेहनेत गरेकै हो,’ उनले भने–‘भारतीय राजदुतले पनि धेरै मेहनेत गरे । तर, सूचना प्रभावकारी गर्न सकिएन ।’ मन्त्री पुनले इन्धन केही दिनमै सहज हुने भएपनि ग्याँस सहज हुन भने समय लाग्ने बताए । ‘समाचारमा आएजस्तो एकसय ९०, दुईसय प्रतिशत ग्याँस भित्रिएको होइन’, उनले भने– ‘त्यसैले तेल केहीदिन मेहनेत गरेर सहज भएपनि ग्याँसका लागि भने समय लाग्छ ।’ उनले संकटको बेला अनुगमन संयन्त्र पनि प्रभावकारी हुन नसकेको स्विकारे । त्यसैले बजार अनुगमनका लागि नयाँ कार्यक्रम बनाउन लागिएको उनले बताए । असम्भव हुने भनेर टिप्पणी गरिएको चिनसँगका ईन्धन आयात सम्झौता जसरी पनि हुने मन्त्री पुनले बताएका छन् । अहिले परीस्थितिले गर्दा केही ढिलाई भएपनि जसरी पनि सम्झौता गरेरै छाड्ने बताएका हुन् । ‘एमओयू जुन गतिमा भयो त्यहि गतिमा काम हुन सकेको छैन्, तर व्यक्तिगत र आन्तरीक रुपमा पहल गरेको छु’ ग्याँस विक्रेता महासंघको तेश्रो राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै मन्त्री पुनले भने– ‘दिर्घकालिन आपूर्तिको बाटो खोल्नका लागि भएपनि सम्झौता हुन्छ ।’ खड्काको च्यालेन्ज कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहाद्ख खड्काले आयल निगमले कुनै कम्पनीसँग लागत नियतले सम्झौता नगरेको दावी गरे । ‘सरकारले नै आयल निगम बराबरको स्टाटस निजि कम्पनीलाई दिएको हो’ उनले भने– ‘आयल निगमले कुनै गलत सम्झौता गरको हैन् ।’ उनले यदि कसैले गलत सम्झौता गरेको भेट्याएमा कार्वाही भोग्न तयार रहेको बताए । ‘म च्यालेन्जका साथ भन्छु, ‘मैले गरेको सम्झौता कसैले भेटायाएर देखाओस ।’ खड्काले सरकार नै कालोबजारीमा लाग्यो भन्नेमा सत्यता नभएको र त्यसमा निगमको संलग्नता नभएको पनि बताए । बिराटमा आफ्नो कुनै साझेदारी नभएको उनको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप