बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस सभापतिमा चन्द विजयी

शुक्रबार, ०७ फागुन २०७२, १९ : ३४
शुक्रबार, ०७ फागुन २०७२

सल्यान–नेपाली काँग्रेस सल्यानको सभापतिमा संस्थापन पक्षका गणेश चन्द निर्वाचित भएका छन् ।

आज भएको सभापतिको निर्वाचनमा चन्दले २०७ मत प्राप्त गरी निर्वाचित भएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।

उनका प्रतिस्पर्धी केशबहादुर विष्टले १८९ मत प्राप्त गर्नुभएको थियो । कुल ३९८ मत खसेकोमा दुई मत बदर भएको थियो ।

यसअघि भएको निर्वाचनमा संस्थापन पक्षकै चक्र देवकोटा सचिव र जुद्धबहादुर बुढाथोकी कोषाध्यक्ष पदमा निर्वाचित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप