राष्ट्रपति ओबामाको भ्रमणको क्युबाद्वारा स्वागत
हवाना–अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी केही हप्ताभित्र क्युवाको भ्रमण गर्ने क्युबाले स्वागत गरेको छ । उनले क्युबाको भ्रमण गर्ने बुधबार मात्र सार्वजनिक भएको थियो । सो भ्रमणपछि क्युबाली अधिकारीहरुले स्वागत गरेका बताइएको छ । ओबामाले अमेरिकी राष्ट्रपतिको हैसियतमा दशकौँपछि क्युबाको भ्रमण गर्न लागेको समाचारपछि क्युबाली अधिकारीहरुले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सुधार ल्याउने अपेक्षा गरिएको बताएका हुन् । क्युबाली विदेशमन्त्रालयको अमेरिकी मामिलासम्बन्धी प्रमुख जोसेफिना भादलले भने– यो ऐतिहासिक भ्रमण हुनेछ र यसले सन् १९५९ पछि बिग्रिएको यी दुई देशको सम्बन्धलाई थप सुधार गर्न सघाउने छ । यसअघि एकजना अमेरिकी वरिष्ठ कूटनीतिज्ञले पनि ओबामाले गर्न लागेको यस भ्रमणबाट यी दुई देशकाबीचको सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा गरिएको छ । आगामी केही हप्तामा राष्ट्रपति ओबामाले ल्याटिन अमेरिकी देशहरुको भ्रमण गर्न लागेको र सो भ्रमणको तालिका छिट्टै नै सार्जजनिक हुनेछ । सोही भ्रमणकै क्रममा उनले क्युबाको पनि भ्रमण गर्ने बताइएको हो । क्युबामा सन् १९५९ मा भएको क्रान्तिपछि संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रुपमा यो पहिलो भ्रमण हुन लागेको बताइएको छ । यसअघि सन् १९२८ मा मात्र अमेरिकी पूर्व राष्ट्रपति क्याल्भिन कुलिजले क्युबाको भ्रमण गरेका थिए । गएको जुलाई महिनामा आधा शताब्दिभन्दा लामो समयदेखि विग्रिएको सम्बन्ध सुधारको प्रयास भएको थियो । सो प्रयासस्वरुप राष्ट्रपति ओबामाले सम्बन्ध पुनःस्थापनाको प्रयास गरेका थिए । सो प्रयासपछि पहिलो पटक यो भ्रमण हुन लागेको हो । सन् १९५९ मा क्युबाको राष्ट्रपतिमा फिडेल क्यास्त्रो आएपछि अमेरिकाले आर्थिक नाकाबन्दी सुरु गरेको थियो । त्यसदेखि यता सो नाकाबन्दी लगाई नै रहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण