कांग्रेस सभापतिमा पौडेल विजयी
शनिबार, ०८ फागुन २०७२, ०८ : १५
लमजुङ– नेपाली काँग्रेस लमजुङको तेह्रौँ जिल्ला अधिवेशनबाट सभापतिमा भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।
शुक्रबार भएको दोस्रो चरणको मतदानमा निकटतम प्रतिद्वन्द्वी डा टङ्कराज गुरुङलाई ३९ मत अन्तरले पराजित गर्दै पौडेल सभापतिमा चुनिएका हुन् । कुल ६७१ मतमा पौडेलले ३५५ र निकटतम प्रतिद्वन्द्वी गुरुङले ३१६ मत प्राप्त गरेका थिए ।
दुई निर्वाचन क्षेत्र भएको लमजुङमा २४ जना महाधिवेशन प्रतिनिधिमा १६ जना संस्थापन पक्षका विजयी भएका छन् भने देउवा पक्षका आठ जनामात्र विजयी भएका छन् । जिल्ला कार्यसमितिको अधिकांश पदमा समेत संस्थापन नै बलियो देखिएको छ ।
जिल्ला कार्यसमितिको सचिवमा संस्थापनका हरि बराल विजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापनकै श्रीकान्त घिमिरे निर्वाचित भएका छन् । क्षेत्रीय सभापति र जिल्ला कार्यसमितिमा पनि संस्थापन पक्षकै बाहुल्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण