बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साउदीमा बिचल्लीमा परेका नेपालीलाई खाद्यान्न सहयोग

शनिबार, ०८ फागुन २०७२, ०८ : ३२
शनिबार, ०८ फागुन २०७२

साउदी अरब– पारिश्रमिक नपाएर साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको छ ।

साद सह्मी अल हाज्री कम्पनीमा कार्यरत नेपालीलाई साउदीमा क्रियाशील नेपाली संस्था लुम्बिनी प्रवासी सम्पर्क मञ्चले शुक्रबार दमामस्थित सो कम्पनीको आवास क्षेत्रमा पुगेर राहत सामग्री प्रदान गरेको हो ।

मञ्चले पीडित नेपालीका लागि एक क्विन्टल ६० केजी चामल, ६० केजी दाल, ७५ केजी पिठो, २० केजी आलु, १५ केजी प्याज, १८ लिटर तेल, तरकारीलगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो । राहत सामग्री मञ्चका अध्यक्ष मनोज विष्ट तथा महासचिव प्रेम भण्डारीले संयुक्तरुपमा हस्तान्तरण गरे । पारिश्रमिक नपाएकै कारण पीडित नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले राहत सामग्री प्रदान गरिएको मञ्चका कोषाध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिए । काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत नेपाली कामदार भोकभोकै बस्नुपरेको समाचार सार्वजनिक भएपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सामग्री सहयोग गर्न थालेका हुन् । चार महिनादेखिको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत ३०० नेपाली बिचल्लीमा परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप