बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सरकारी कर्मचारी हाजिर गर्नेवित्तिकै टाप, छिट्टै छड्के निरिक्षण गर्छौंः अख्तियार

शनिबार, ०८ फागुन २०७२, ०८ : ४७
शनिबार, ०८ फागुन २०७२

पोखरा –कास्कीका अधिकांश सरकारी कार्यालयहरुमा कामचोर कर्मचारीहरुको विगविगी रहेको यहाँका सेवाग्राहीले गुनासो गरेका छन् । गाविस, नगरपालिका जिविस, यातायात, मालपोत, जनस्वास्थ्य, खानेपानी, विद्युत लगायतका सरकारी कार्यालयहरुमा कामचोर कर्मचारीको विगविगी वढेको उनीहरुले गुनासो गरेका हुन् । यहाँका अधिकांश सरकारी कार्यालयका कर्मचारीहरु कार्यालय समयमा विहान १० देखि ११ वजे भित्रै हाँजिर गरेर आफ्नो निजी पेशा वा व्यवसायमा लाग्ने गरेको सेवाग्राहीको भनाई छ । यी मध्ये सवै भन्दा वढी कामचोर कर्मचारी गाविस र नगरपालिकाका कर्मचारी रहेको पोखरा–२६ का हरिभक्त थापाले वताए । पछिल्लो समयमा केही सरकारी कार्यालयमा डिजिटल हाजिरको व्यवस्था गरिएको छ । झन् डिजिटल हाजिर हुने अड्डाका कर्मचारी त हाजिर ठोकेपछि कार्यालयमा वस्दै वस्दैनन् । ‘कार्यालयमा आउँछन्, हाजिर गर्छन फूत्त निस्कन्छन् त्यसपछि फाईल हातमा लिएर हिड्यो कर्मचारी भेट्न सकिँदैन,’ पोखरा उपमहानगरपालिका कार्यालयको प्रङ्गणमा भेटिएका एक सेवाग्राहीले गुनासो गरे । हिजो आज डिजिटल हाजिरको व्यवस्था भएका सरकारी कार्यालयमा डिजिटल हाजिरीमा हाजिर गर्न अधिकांश कर्मचारीहरु विहान साढे १० तथा ११ वजेतिर कार्यालयमा नै भेटिन्छन् । सरकारी कार्यालयमा काम गर्ने अधिकांश कर्मचारीले आफ्ना निजी कन्सल्टेन्सी तथा विभिन्न व्यापार व्यवसाय संञ्चालन गर्दै आएका छन् । जसले जे गरेपनि उनीहरु विहान १० वजेदेखि साँझ ५ वजेसम्म कार्यालयमा वस्नै पर्ने दायित्व कर्मचारीको हो । तर अधिकांश सरकारी कार्यायलका कर्मचारीले यो नियम पालना नगरेको कास्कीका सेवाग्राहीको भनाई छ । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदीले सरकारी कर्मचारीले सेवाग्राहीलाई प्राथमीकतामा नपारेको वताउछन् । तिनै सेवग्राहीको करवाट तलव खानेहरुले सेवाग्राहीलाई वास्ता नगर्नू दुःखद भएको वताउँदै उनले त्यस्ता कर्मचारीलाई पहिचान गरी कारवाही गर्नुपर्ने वताएका छन् । कास्कीमा रहेका दर्जनौ सरकारी कार्यालयमा वढी जसो कार्यालयका कर्मचारीहरु हाजिर गरेर वाहिरिने गरेको भएपनि संवन्धित कार्यालय प्रमुखहरुले निगरानी नगरेको समेत वताईन्छ । कतिपय कार्यालय प्रमुखहरु नै कार्यालयमा नियमित नहुँदा झन् यो समस्या वढ्दै गएको स्वंय कर्मचारीहरुको भनाई छ ।

यता अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रमुख डिल्ली शर्माले कार्यालयमा हाजिर गरेर आफ्नो पेसा व्यवसायमा जाने कर्मचारीको पहिचान गर्न छिट्टै छड्के अनुगमन गर्ने वताएका छन् । “यो गुनासो ज्यनुअुल गुनासो हो यसलाई अव हामी कडाईका साथ अनुगमन गर्छौै”– उनले भने । उनले निजामति सेवा ऐनले तोकेको समयावधिसम्म कार्यालयमा नवस्ने कर्मचारीलाई स्पटीकरण सोध्ने र सचेत पार्ने काम गरिने वताए । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले काम ठग्ने कर्मचारीलाई कारवाही गर्न संवन्धित कार्यालय प्रमुखहरुलाई तत्काल निर्देशन दिने वताए । उनले त्यस्ता कर्मचारीलाई मौखिक तथा लिखित स्पष्टीकरण कार्यालय प्रमुखहरुले लिन सक्ने व्यवस्था भएको प्रजिअ मैनालीले वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप