बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आज सुशील कोइरालाको तेह्रौ पुण्य तिथि

शनिबार, ०८ फागुन २०७२, ०८ : ५२
शनिबार, ०८ फागुन २०७२
काठमाडौ– नेपाली कांग्रेसका स्वर्गिय सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको तेह्रौ पुण्य तिथि शनिवार परेको छ । तेह्रौ पुण्य तिथि हिन्दु धर्म, संस्कृति ,परम्परा र संस्कार अनुरुप सम्पन्न गरिने परिवारले जनाएको छ । उनीप्रति श्रद्धा प्रकट गर्दै श्रद्धाञ्जली दिने, शवयात्रामा सहभागी हुने र शोकसन्तप्त परिवारजनलाई समवेदना व्यक्त गर्ने समस्त महानुभावलाई परिवारजनका तर्फबाट अतुल कोइराला र सुधांशु कोइरालाले पितृ प्रसाद ग्रहण कार्यक्रममा आमन्त्रण गरेका छन् । पितृप्रसाद ग्रहणको कार्यक्रम अपरान्ह १ बजेदेखि ४ बजेसम्म कोइराला निवास महाराजगञ्जमा राखिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप