प्रम ओली र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै
काठमाडौँ- शुक्रबार ६ दिने औपचारिक भ्रमणको सिलसिलामा जम्बो टोलीसहित भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र दामोदारदास मोदीबीच आज भेटवार्ता हुने भएको छ । यस्तै ओली र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीचपनि आजै भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मध्यान्ह १२ बजे हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। संविधान जारी गरेपछि भारतले लामो समयसम्म नेपालमाथि नाकाबन्दी गरेको थियो । अहिले नाकाबन्दी खुलेको भनिएपनि अझैं पुर्णरुपमा विस्वासको वातावरण नभई सकेको अवस्थामा ओलीको मोदीसँग हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
यस्तै राष्ट्रपति मुखर्जीसँग राष्ट्रपतिभवनमा शनिवार साँझ ७ बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसअघि ११ बजे राष्ट्रपतिभवनमै विदेशमन्त्री सुष्मा स्वराजसंग छलफल गर्नेछन् । यसैगरी अपराह्न ४ बजे राष्ट्रपतिभवनमा गृहमन्त्री राजनाथ सिंहसंग पनि ओलीको भेटवार्ता हुनेछ ।
यस्तै वित्तमन्त्री अरुण जेट्लीसँग छलफलगरेपछि शनिवारै साँझ उपराष्ट्रपति हमिद अन्सारीसंग पनि भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीको निमन्त्रणामा शुक्रवार दिउँसो ३ बजे नेपाल एयर लाइन्सको विमानमार्फत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका थिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण