चर्चा पेनाल्टी एसिस्टको
काठमाडौं – गत आइतबार बिहान फूटबल क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा सेल्टा भिगोसँग ला–लिगा अन्र्तरगतको २३ औ खेल खेलिरहँदा फूटबल इतिहासमा बिरलै देखिएको घटना देखियो । खेलको ८१ औैं मिनेट चलिरहँदा लियोनल मेसीेलाई बिपक्षी खेलाडीले डि–बक्समा लडाएपछी बार्सिलोनाले पेनाल्टी पायो । धरैले के सोचेभने, मेसीले उक्त पेनाल्टीको सदुपयोग गरि ला–लिगामा उनले गोलसंख्या किर्तिमानी ३०० पु¥याउनेछन् । अर्काथरि भने पेनाल्टी हान्नमा अलि कमजोर मेसी आजपनि कतै गोल गर्न चुक्ने त होइनन् भनेर अड्कल काट्न थाले । तर सबैको सोच बिपरित मेसीले पेनाल्टी पोष्टमा नहानी आफ्ना समकक्षी खेलाडीलाई एसिस्ट गरे उक्त एसिस्टलाई लुइस स्वारेजले गोलमा परिणत गरी ह्याट्रिक पुरा गरे । मेसी र स्वारेजको गोल देखेर सँगै खेलिरहेका बार्साको खेलाडीहरु समेत अचम्म मान्दै गोल सेलिब्रेट गरिरहेका थिए ।
उक्त गोल लगतै त्यसलाई लिएर बिभिन्न टिका टिप्पणीहरु हुन थाले । खेलको दोस्रो हाफमा एकोहोरो नतिजा निकालिरहेको अबस्थामा बार्साले उक्त पेनाल्टीलाई सिधै पोष्टमा नहानी एसिस्ट गरेको बिषयमा स्पेनका राष्ट्रिय मिडियाहरुले उक्त गोलले सेल्टामाथि अनादर भयो भनेर टिप्पणी गरिहाले । त्यसपछि बार्सासम्बद्व मिडियाहरु सेल्टाको खेलाडी, प्रशिक्षक तथा समर्थकहरु समक्ष पुगेर सोधिहाले – के त्यो गोलले सेल्टाको इज्जतमा धक्का पुगेको छ त ? खेलपछिको प्रतिक्रियामा पनि सेल्टको खेलाडिहरुले उक्त गोलमा कुनै गुनासो नरहेको बताए । सेल्टको प्रशिक्षक एडुराडो बेरिज्जाले पनि मेसीको पेनाल्टी एसिस्ट फरक रहेको तर त्यसले सेल्टको अपमानमा नभएको बताए । खेलपछि इएसपिएनसँगको प्रतिक्रियामा नेयमारले उक्त एसिस्ट आफ्नो लागि भएको तर स्वारेज बल नजिक भएको कारण उनले गोल गरेको प्रतिक्रिया दिए । उनले थपे, ‘ट्रेनिङको समयमा मेसी र मैले उस्तोे अभ्यास गरेका थियौं ।’ च्याम्पियन्स लिगको पूर्बसन्ध्यामा पत्रकारहरुको प्रश्नमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि उक्त गोलको बारेमा प्रतिक्रिया दिँदै भने, ‘मलाई थाहा छ किन मेसिले त्यस्तो गरे तर मलाइ यसबारेमा अरु कुरा थप्नुछैन ।’ मेसी गोल गर्नमा चुक्ने डरले बल एसिष्ट गरे भन्नेहरुपनि भए । बार्साको समर्थकहरुले भने उक्त गोललाई मेसी, नेयमार र स्वारेजको मित्रताको कारण त्यो सम्भब भएको बताउँछन् । लियोनल मेसी र लुईस स्वारेजले पेनाल्टीमा गोल गरेको तरिका नयाँ भने होइन सन् १९८२ को डिसेम्बर ५ मा डच टिम आएक्समा रहँदा जोहन क्रफले पेनाल्टी लिने क्रममा बल सिधै पोष्टमा प्रहार नगरि आफ्नो साथीलाई दिएर फेरि साथीले दिएको पासमा गोल गरेका थिए । त्यस्तै सन् २००५ मा रोबर्ट पिअर्स र थिअरि हेन्री आर्सनलबाट खेल्दा यस्तो प्रयोग गरिसकेका थिए तर उनीहरु गोल गर्नबाट भने चुकेका थिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण