बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपति भवनमा प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

शनिबार, ०८ फागुन २०७२, १२ : ३३
शनिबार, ०८ फागुन २०७२
नयाँ दिल्ली– ६ दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज बिहान भेटवार्ता भएको छ । दिल्लीस्थित राष्ट्रपति भवनमा ओली र स्वराजवीच भेटवार्ता भएको हो । सो अवसरमा उनीहरुबीच भूकम्पपछिको पुनःनिर्माण र भारतले उपलब्ध गराउँदै आएको सहयोगका विषयमा छलफल हुनाका साथै आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष र विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए  । भेटमा नेपाल र भारतको सम्वन्धलाई पुरानै अवस्थामा फर्काउने विषयमा छलफल पनि भएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप