पश्चिमी वायुका कारण केही स्थानमा वर्षा र हिमपात
काठमाडौँ - पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसममा खराबी आएको छ । सो वायुको प्रभावले देशभरको मौसम बद्ली हुनुका साथै पश्चिमी भेगमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही ठाउँमा हल्का वर्षा र उच्च हिमाली भेगमा सामान्य हिमपातसमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनले भने, “पश्चिमी वायुको प्रभावले गए राति देखिनै काठमाडौँ उपत्यकासहित देशभर बद्ली भएको छ, यो क्रम दिनभर जारी रहन्छ, भोलि (आइतबार)देखि मौसममा सुधार आउनेछ ।” महाशाखाका अनुसार देशका मध्य र पूर्वी भेगका केही स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ । रातिदेखि नै आकाशमा बादल लागेकाले आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्ला दिनको तुलनामा बढेर ११.५ डिग्रीसेल्सियस पुगेको छ । न्यूनतम तापक्रम बढे पनि उपत्यकासहित देशभर बद्ली हुँदा आज बढी चिसो महसुस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण