ओली–मोदी वार्ता : नेपाल–भारतबीचको सम्बन्ध विस्तारमा केन्द्रित
शनिबार, ०८ फागुन २०७२, १३ : २३
काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच आज हैदरावाद हाउसमा भेटवार्ता भएको छ । करीब ४० मिनेट लामो सो भेटवार्ता नेपाल भारतबीचको सम्बन्ध विस्तारमा केन्द्रित भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताएका छन् ।
भारतको चाहनाविपरित संविधानसभाबाट नेपालको संविधान जारी भएसँगै नेपाल–भारत सम्बन्धमा उतारचढाव आएको थियो भने त्यसकै बाहानामा भारतले नाकाबन्दीसमेत लगाएको थियो ।मधेस आन्दोलनलाई देखाएर भारतले नेपालमा नाकाबन्दी लगाएपछि नेपाल–भारतबीचको सम्बन्धमा दरार आएको थियो ।
भारतले नाकाबन्दी खुलाइदिएसँगै भारत भ्रमणमा निस्किएका ओली र मोदीबीच आज भएको भेटवार्तामा विग्रिएको सम्बन्धलाई सुधार गर्ने विषयमा केन्द्रित भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भनेका छन्, मुलत दुबै देशका सरकार प्रमुखबीच सम्बन्ध विस्तारका विषयमा छलफल केन्द्रित भएको छ ।’
ओली र मोदीले केहिबेरमै संयक्त पत्रकार सम्मेलनको समेत आयोजना गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण