बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमाले कार्यवाहक अध्यक्षमा गौतम

शनिबार, ०८ फागुन २०७२, १४ : ०४
शनिबार, ०८ फागुन २०७२

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षमा उपाध्यक्ष वामदेव गौतमलाई तोकेका छन् । शुक्रबार भारतको राजकीय भ्रमणमा जानुअघि त्रिवि विमानस्थलमै उनले सोसम्बन्धी पत्र गौतमलाई दिएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । कावा अध्यक्षले शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालिसकेका छन् । पार्टीको स्थायी कमिटी बैठक पनि छिट्टै बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीति, पार्टी सङ्गठन, नवौँ अधिवेशनपछि विभिन्न विभागहरुलाई पूर्णता दिई व्यवस्थित गर्ने लगायतको कार्यसूची रहने एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।

‘नेपालको संविधान’ जारी भएपछि यसप्रति रहेका भ्रम र अन्योल चिर्न पार्टीले गत पुसदेखि यही फागुनसम्म सञ्चालन गरेको अभियानको पनि समीक्षा गरिनाका साथै पार्टीको आयोजनामा देशका पूर्वदेखि पश्चिमसम्म ठुल्ठुला सभा गरिने विषयमा निर्णय लिइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप