बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्ता

शनिबार, ०८ फागुन २०७२, १४ : ४८
शनिबार, ०८ फागुन २०७२

काठमाडौं– प्रधनमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । भारत भ्रमणमा रहेका उनले मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका हुन् । यस्तै उनले नेपालको राष्ट्रपतिको तर्फबाट भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई समेत नेपाल भ्रमणको औपचारिक निम्तो दिए । सो पत्रकार सम्मेलनमा ओलीले जलविद्युत क्षेत्रमा भएको सम्झौताले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि कोशेढुंगा सावित हुने भन्दै भ्रमण फलदायी भएको समेत बताए । उनले नेपाल र भारतबीचको सम्बन्ध औपचारिकतामात्र सिमित नरहेको र यसलाई इतिहास, संस्कृति र भुगोलले जोडेको बताए । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र द्विपक्षीय व्यापार नाका भएको बताउँदै ओलीले भारतीय प्रधानमन्त्री र आफूबीच आपसी हितका विषयमा कुराकानी लामो कुराकानी भएको सो अवसरमा बताए ।

उनले विगतमा आफूहरुबीच केहि असमझादी भएपनि अब त्यस्तो नरहने भन्दै भने, ‘विगतमा हामीबीच केही असमझदारी भए पनि हामीले यसलाई लामो समय रहन दिएनौं ।’

सो अअवसरमा ओलीले भूकम्पपछि भारतले गरेको सहयोगका लागि नेपाल र नेपाली जनताको तर्फबाट धन्यवाद समेत प्रकट गरे । यस्तै मोदीले उठाएको आतंकवादको सवालबारे उनले भने, ‘खुला सिमानाको दुरुपयोग हुन दिने छैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप