मेगा बैंकको ३० औँ शाखा डडेल्धुराको जोगबुढामा
शनिबार, ०८ फागुन २०७२, १६ : ०६
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले डडेल्धुरा जिल्लाको जोबुढामा आफ्नो ३० औँ शाखा विस्तार गरेको छ ।
दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा पर्शुराम नगरपालिकाको जोगबुढामा शाखा विस्तार गरेको हो ।
लुइस बर्जर गु्रपका उपाध्यक्ष चाल्स बेलले जोगबुढा शाखाको उद्घाटन गरे । उनले सक्षम एक्सिस टू फाइनान्स कार्यक्रममार्फत मेगा बैंकसँगको साझेदारीमा नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गर्न पाउँदा खुसी लागेको बताए । जोगबुढामा निजी क्षेत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो ।
मेगा बैंकका साना मझौला कर्जा प्रमुख अमित श्रेष्ठले वित्तीय सुविधाबाट वञ्चित नेपालीलाई सेवा दिने उद्देश्यले मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गरिरहेको जानकारी दिए ।
सक्षम कार्यक्रम युके एडको सहायतामा संचालन भइरहेको छ । लुइस बर्जरले स्वदेशी तथा विदेशी संघसंस्थाको साझेदारीमा संचालन गरिरहेको सक्षम परियोजना नेपालमा डीएफआइडीमार्फत संचालित छ । सक्षम एक्सिस टू फाइनान्स कार्यक्रममार्फत मेगा बैंकले दुर्गम क्षेत्रमा वित्तीय सेवा विस्तार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण