शान्तिसम्बन्धी सम्झौताबारे उत्तर कोरियाको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार
वासिङटन – शान्तिसम्बन्धी सम्झौताका लागि उत्तर कोरियाले प्रस्तुत गरेको प्रस्ताव संयुक्त राज्य अमेरिकाले अस्वीकार गरेको जनाएको छ ।
अमेरिकी अधिकारीले आइतबार दिएको जानकारीअनुसार उत्तर कोरियाले शान्तिसम्बन्धमा गर्ने छलफलका लागि प्रस्ताव पठाएको थियो ।
सो प्रस्तावपछि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई यदी त्यस्तो छलफलमा सहभागी हुने हो भने त्यसअगावै उत्तरले निशस्त्रीकरणको पालना गर्नुपर्ने प्रस्ताव गरेको थियो ।
तर सो प्रस्ताव नै उत्तर कोरियाले अस्वीकार गरेपछि अमेरिकाले पनि छलफलमा सहभागिता नजनाएको अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता जोन कर्बिले जानकारी दिएका हुन् ।
अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले उत्तर कोरियाको सो शान्तिवार्तासम्बन्धी प्रस्ताव अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्वीकार गरेको भन्ने समाचारको खण्डनस्वरुप उनले सो सूचनाको खुलासा गरेका हुन् ।
प्रवक्ता कर्बिले उत्तर कोरियाले सो प्रस्ताव यसै महिनाको सुरुमा गरेको आणविक परीक्षणको केही दिनमात्र अघि गरेको खुलासा गरे ।
उत्तर कोरियाले सन् १९५३ देखि दुई देश उत्तर र दक्षिण कोरियाबीचको युद्धको अवस्थाको अन्त्यका लागि अमेरिकासँग वार्ता गर्ने प्रस्ताव गरेको जनाइएको थियो ।
उत्तर कोरियाले सन् २०१५ को सुरुमै अर्थात् जनवरी ६ मा रकेट परीक्षण गरेको थियो । सो परीक्षणअघि पनि उत्तर कोरियाले विभिन्न समयमा आणविक परीक्षण गरेको थियो ।
उत्तर कोरियाले सन् २००६, २००९ र सन् २०१३ मा सो परीक्षण गरेको हो । यी परीक्षणहरुपछि उत्तर कोरिया दक्षिणबाट मात्र नभई विश्व समुदायबाट नै एक्लिएको हो ।
प्रवक्ता कर्बिले भने– मलाई स्पष्टै थाहा भएको विषय यो हो कि शान्तिको प्रस्ताव गर्ने ती उत्तर कोरियाली नै हुन् र हामीले भने उनीहरुको यही अवस्थामा वार्ता गर्नु हुदैन भनेका थियौँ । उनको भनाई थियो– हामीले उनीहरुको सो प्रस्तावलाई होसियारीपूर्वक अध्ययन ग¥यौं र यस्तो शान्तिसम्बन्धी प्रस्तावको छलफलका लागि पहिलो शर्त भनेको उत्तर कोरियाको निशस्त्रीकरण नै हुनुपर्छ भन्यौँ ।
अमेरिकाले बिगत लामो समयदेखि नै निशस्त्रीकरणको लागि उत्तर कोरियासँग अडान राख्दै आएको र त्यो नहुदासम्म हामीले उसँग कुनैपनि खालका सन्धी वा सम्झौता नगर्ने भएकोले उनीहरु पनि अघि बढ्न नसकेको उनको भनाई थियो ।
यतिखेर भने विश्वका नेताहरु उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने तयारीमा रहेका छन् । उत्तर कोरियामाथि लगाइने यस्तो प्रतिबन्धका लागि संयुक्त राष्ट्रसंघ पनि सहमत भएको छ ।
उत्तरले केही महिनाअघि हाइड्रोजन बमका साथै गत महिनामात्र लामो दुरीको रकेट प्रक्षेपण गरेकोले पनि उसले राष्ट्रसङ्घीय शान्ति तथा मैत्री सन्धीको उल्लङ्घन गरेको भन्दै यसको विरोध गरेका छन् । रासस÷एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण