खाद्य सुरक्षाको अधिकतम सहयोगी आलु
जुम्ला– जिल्ला कृषि विकास कार्यालय जुम्लाले आलुबालीलाई खाद्य सुरक्षाको अधिकतम सहयोगीका रूपमा लिएको छ ।प्रतिहेक्टर १० टन उत्पादन हुने यो बाली यसवर्ष जुम्लामा २६ हजार पाँचसय मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।
उन्नत जातका खुमल सेतो, कार्डिनल, एनपिआई १०६, कुफ्री ज्योति, जनकदेव र स्थानीय आलुसहित यो परिमाण उत्पादन भएको निमित्त वरिष्ठ कृषि विकास अधिृकत विष्णुबहादुर महतले जानकारी दिए ।
अधिकृत महतले अछाम, बझाङ, जाजरकोट, दैलेख, सुर्खेत नेपालगन्ज गरेर २४ मेट्रिक टन प्रतिकेजी रु ३० का दरले निर्यात गरिएको र बाँकी सबै जुम्लामा खपत भएको बताए ।
आलुलाई लुकेको सम्पदा (हिडेन ट्रेजर) भनिन्छ, यसमा कार्बोहाइड्रेड, स्टार्चलगायतका आठ प्रकारका पोषणयुक्त तत्व पाइन्छ । तर यसको व्यापक प्रचारप्रसार हुन सकेको छैन ।
खुमल सेतो देख्नमा राम्रो र खानमा मीठो हुने भएकाले यसको उत्पादन जुम्लामा बढी भएको जनाइएको छ । आलुबाट चिप्स, फ्रेन्च फ्राई, समोसा, हलुवाई, ढिँडो, पिठो, भोट्कालगायतका विविध परिकार बनाउन सकिन्छ । यसले कर्णालीका नागरिकको खाद्य सुरक्षामा बढी टेवा दिएकाले कृषि कार्यालयले प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्ने नीति लिएको छ ।
दुमट माटोमा उत्पादन गरिने यो बाली जुम्लाका चौधबीस, पाँचसय र सिंजा भेकमा बढी उत्पादन हँुदै आएको कार्यालयले जनाएको छ । स्थानीय आवश्यकतालाई परिपूर्ति गरे पनि भनेजति आलु उत्पादन हुन नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण