बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक सय केजी चरेस प्रहरीको नियन्त्रणमा

मङ्गलबार, ११ फागुन २०७२, १४ : ५६
मङ्गलबार, ११ फागुन २०७२

वीरगंज– पर्सा प्रहरीले सिन्धुपाल्चोकबाट पर्सा हुदै भारत तर्फ लाँदै गरेको लागुऔषध चरेश र गाडी सहित एक जनालाई पक्राउ गरेको छ । सिन्धुपालचोकबाट पर्साको गा.बि.स भौराटार वडा नं. ९ पटनी नहरको सडक हुँदै बा ६ च ५०४ नम्बरको पिकप भ्यानमा लुकाई छिपाई एक सय केजी लागुऔषध पक्राउ गरेको हो । सिन्धुपालचोक गाती गाविस २ निवासी चालक तुलाराम तामाङ्गले पर्सा प्रहरीले लागुऔषध पक्राउ गरेपछि घुस वापत रु ५० हाजर दिन खेज्दा पर्सा प्रहरीले तामाङ्गलाई लागुऔषध, गाडी र नगद सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप