८० मेगावाट विद्युत् थप भएपछि लोडसेडिङ कम गर्ने तयारी
बिहीबार, १३ फागुन २०७२, २० : ०५
काठमाडौँ - ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् थप भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीलाई एकाध घन्टा घटाउने तयारी गरेको छ ।
नदीमा जलप्रवाह घटेको र सञ्चालनमा रहेका आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न समस्या भइरहेका कारण कति घन्टा विद्युत्भार कटौती गर्ने भन्ने विषयमा भने आवश्यक निर्णय गर्न अझै केही दिन लाग्ने देखिएको छ ।
भारतबाट थप विद्युत् आयात भएका सन्दर्भमा नागरिक र सरोकार भएका निकायले कटौती अन्त्य गर्न आग्रह गरिरहेका बेला प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुुमार खत्रीले भने यति नै घन्टा कटौती गर्न भने अझै केही समय लाग्ने बताए ।
प्राधिकरणले अनौपचारिक रुपमा दुई घन्टा कटौती कम गर्ने तयारी भए पनि नदीमा जलप्रवाह कम भएका कारण घोषणा गर्न भने समस्या भएको प्रमुख खत्रीको भनाइ छ । हाल आन्तरिक रुपमा ३०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।
भारतबाट पहिले नै आयात भइरहेको २३५ मेगावाट र फागुन ४ गतेदेखि ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात भइरहेको छ । नेपालमा विद्युत्को माग भने एक हजार ३४० मेगावाट छ । मागअनुसार आपूर्ति हुन नसक्दा प्राधिकरणले कटौतीलाई कम गर्न सकेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तत्काल कटौतीको समय घटाउन प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण