सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

एनसेल, फ्लोमाइन्डरको कार्य ग्लोबल मोबाइल अवार्डबाट सम्मानित

बिहीबार, १३ फागुन २०७२, २० : १३
बिहीबार, १३ फागुन २०७२

काठमाडौं - एनसेल र फ्लोमाइन्डर फाउन्डेसनले वैशाख १२ को भुकम्प पश्चात राहत कार्यलार्ई प्रभावकारी बनाउन सघाउने उद्देश्यले गरेको संयुक्त प्रयासले जीएसएमएको ‘आकस्मिक वा मानविय संकटको बेलामा मोबाइल’ विधामा ग्लोबल मोबाइल अवार्ड प्राप्त गरेको छ । यस प्रयास अन्तर्गत, मोवाईल प्रयोगको बृहत (म्याक्रो) डेटाका आधारमा एनसेल र फ्लोमाइन्डरले प्रभावित जिल्लाहरुमा जनसमुदाय कसरी चलायमान भईरहेका र कहाँ विस्थापित भईरहेका छन् भन्ने रिपोर्ट संयुक्त राष्ट्रसंघ लगायत राहत कार्यमा संलग्न निकायलाई निरन्तर उपलब्ध गराएका थिए ।

विश्वभरका जिएसएम प्रविधिमा मोवाईल सेवा प्रदान गरिरहेका कम्पनीहरुको छाता संगठन जिएसएमएले यस प्रयासलाई गत महिना ‘आकस्मिक वा मानविय संकटको बेलामा मोबाइल’ विधा अन्र्तगत उत्कृष्ट पाँचमा छनेको थियो । अन्तिम पाँचमा पुगेका डाइरेक्ट रिलिफ र एस्रीको ‘आर्कजिआइएस मोबाइल एप’, एरिक्सन र संयुतm राष्ट्र संघ विश्व खाद्य कार्यक्रमको ‘एरिक्सन रेसपोन्स’, मोबिलिङ्क र वासिला माइक्रोफाइनान्स बैंकको ‘मोबिक्यास’ र युफोनको ‘मोबाइल गभरनेन्स इमरजेन्सी अलर्ट सिस्टम’लाई पछि पार्दै एनसेल–फ्लोमाइन्डर सहकार्यले अवार्ड जितेको हो ।

स्पेनको बार्सिलोनामा भईरहेको मोबाइल वल्र्ड कंग्रेसको अवसरमा जिएसएमएले मंगलबार अवार्ड हस्तान्तरण गरेको हो । उक्त सम्मानलाई एनसेलका तर्फबाट राजेश लाल न्याछो र फ्लोमाइन्डरका लिनस बैंङगिट्सन र एरिक विटरले ग्रहण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप