प्रमको विमान ढिला भएको बारे छानबिन समिति
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली बुधबार भारतको राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कंने क्रममा एक घन्टा विमान ढिलो भएको बारे छानबिन गर्न ‘छानबिन समिति’ गठन गरेको छ ।
मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यमा नेपाल वायुसेवा निगमका निर्देशक जनकलाल कालाखेती, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फ्लाइट अपरेसन डिपार्टमेन्टका निर्देशक सुधीरकुमार चौधरी सदस्य सचिव रहेका छन् ।
‘अन्तर्राष्ट्रियस्तरको अतिविशिष्ट उडानको पूर्वजानकारी हुँदाहुँदै गैरजिम्मेवारीपूर्वक लापरबाही गरेको पाइएकाले’ सो विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नसमितिलाई निर्देशन दिइएको मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली सहितको टोली मुम्बईबाट निगमको आरए २०१ बाट बुधबार राति ८ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम तय भए पनि एक घन्टा ढिला भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण