साग फुटबलमा स्वर्ण विजेतालाई रु सात लाख
शुक्रबार, १४ फागुन २०७२, ०९ : ३३
मोरङ - हालै सम्पन्न साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट पहिलोपटक रु सात लाख ३४ हजार प्रदान गरिएको छ ।
विराट गोल्डकप आयोजक समितिका संयोजक राजेन्द्र राउतले बिहीबार बेलुका एक समारोहका बीच एन्फाका महासचिब धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजङग शाहीलाई सो रकम हस्तान्तरण गरेका थिए ।
त्यसैगरी, विराट गोल्डकप टुर्नामेन्ट आयोजक समितिले खेलाडीहरुको प्रोत्साहनका लागि एन्फालाई रु दुई लाखप्रदान गरेको छ । समितिकै अनुरोधमा विराटनगर उपमहानगरपालिकाले रु एक लाख एक हजार प्रदान गरेको छ ।
यस्तै, उद्योग सङ्गठन मोरङले रु २५ हजार, एमाले मोरङले रु २५ हजार, नेपाली काँग्रेस मोरङले रु २० हजार, मोरङ व्यापार सङ्घले रु ५१ हजार रकम एन्फालाई प्रदान गरेका छन् । मोफसलमा खेलाडीलाई यति ठूलो रकम प्रदान भएको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण