चरेशसहित तीनजना पक्राउ
शुक्रबार, १४ फागुन २०७२, ०९ : ३४
जाजरकोट, । लुकाई–छिपाई बिक्री वितरण गर्नका लागि लाँदैगरेको चरेशसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्की गाउँ गाविस वडा नं ३ का २८ वर्षीय सहवीर खत्रीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । जाजरकोट सदरमुकामबाट राकमतर्फ जाँदै गरेको अवस्थामा मटेला चेक प्वाइन्टमा एक किलो ९०० ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
त्यस्तै, जिल्लाको सीमा गाविस वडा नं ९ स्यापीमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान प्रहरीले सुर्खेत घोरेटा गाविस वडा नं २ का ५४ वर्षीय रिके खत्री र बजेडीचौर गाविस वडा नं ५ बस्ने ६० वर्षीय भद्रबहादुर सिंहलाई पाँच किलो ३०० ग्राम लागुऔषध चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण