सत्ता साझेदार दललाई प्रमको ब्रिफिङ : अडानका साथ कुरा राखेँ, हिन्दू राष्ट्रको विषयमा कुरा भएन
काठमाडाँै –प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण समग्रमा सफल भएको बताएका छन् । सत्ता साझेदार दलका नेताहरुलाई आज आफ्नै निवास बालुवाटारमा भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट आफूले भारतीय समकक्षीसँग अडानका साथ आफ्नो कुरा राखेको बताए ।
प्रधानमन्त्री ओलीले भने, “९० प्रतिशत बहुमतको संविधानमा भारतको रिजर्भेसन किन भनेर प्रस्टसँग सोधेको छु मैले, यसमा मोदीजीले हाम्रो चाहना त केवल तपाईँहरु मिलेर जानुहोस् भन्ने मात्र हो भन्ने कुरा राख्नुभयो ।” नेपालका बारेमा जानकारी लिनका लागि सिधै सरकारसँग कुरा गर्न समेत भारतसँग आग्रह गरिएको उनको भनाइ छ । बङ्गलादेशबाट अब सिधै नेपालमा वस्तु आयात गर्न सकिने सहमतिलाई ठूलो उपलब्धिका रुपमा लिनुपर्ने प्रधानमन्त्रीले बताए । “केही सञ्चारमाध्यममा आए जस्तो भारतीय पक्षबाट हिन्दू राष्ट्रको विषयमा कुनै कुरा भएको छैन”, उनले भने ।
एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो कुरा अडानका साथ राख्न सक्नु नै भ्रमण उपलब्धिपूर्ण भएको बताए।
सो अवसरमा एमाओवादीका अध्यक्ष दाहाल, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा (माले)का महासचिव एवम् उपप्रधानमन्त्री सिपी मैनाली, राप्रपा नेपालका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् उपप्रधानमन्त्री चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे लगायतको सहभागिता थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण