सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

उत्तर कोरियामाथि अहिलेसम्मकै कडा प्रतिवन्ध गर्ने तयारी, चीनको समर्थन

शुक्रबार, १४ फागुन २०७२, १० : ३७
शुक्रबार, १४ फागुन २०७२

न्युयोर्क – उत्तर कोरियामाथि थप कडा प्रतिवन्धहरु लगाउने मस्यौदा संयुक्त राज्य अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरिएको छ । विरोधका बावजुद प्योङयाङले हालै गरेको परमाणु र क्षेप्यास्त्र परिक्षण गरेपछि उक्त कदम चालिएको बिबिसीले जनाएको छ । प्रस्तावमा चीनको समेत समर्थन रहेको बताइएको छ । नयाँ प्रतिवन्ध अनुसार उत्तर कोरियाबाट बाहिरिने र भित्रिने मालसामानको निरिक्षण गर्ने र उस्लाई हातहतियार बिक्रि गर्न पूर्णरुपमा बन्देज लगाउने प्रस्ताव गरिएको छ। नयाँ प्रस्तावहरु अनुसार अब पहिलो पटक संयुक्त राष्ट्रसंघका सदस्यहरुले उत्तर कोरिया पठाइने वा त्यहाँबाट आउने सबै मालसामानको विस्तृत जाँच गर्नु पर्नेछ। नयाँ प्रस्तावहरुले उत्तर कोरियाका पानी जाहाजहरुलाई विश्वका कुनै पनि बन्दरगाहबाट गैरकानुनी सामानहरु लैजान निषेध गर्नेछ भने साना हतियार खरिद गर्न पनि हतियार तथा गोलीगठ्ठाको व्यापारमा विस्तार गरिएको प्रतिवन्धले बाधा खडा गर्नेछ। राष्ट्रसंघका लागि अमेरिकी राजदूत समान्था पावरले पछिल्लो प्रस्ताव २० बर्ष भन्दा बढी समय यता, राष्ट्रसंघको सुरक्षा परिषदले घोषणा गरेको सबैभन्दा कडा प्रतिवन्ध हुने बताइन्। मस्यौदा प्रस्तावमाथि आउने सप्ताहअन्तमा मतदान हुन अपेक्षा गरिएको छ। उत्तर कोरियाले गएको फेब्रुअरीमा गरेको लामो दूरीको रकेट प्रक्षेपण र जनवरीमा गरेको परमाणु परिक्षणका कारण राष्ट्रसंघीय प्रस्तावहरुको घोर उल्लंघन भएको भन्दै भर्त्सना गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप