सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

कसैको ज्याकेट त कसैको औंठीबाट गरियो विमान दुर्घटनामा परेकाको शव पहिचान

शुक्रबार, १४ फागुन २०७२, १० : ३८
शुक्रबार, १४ फागुन २०७२

पोखरा – वुधवार पोखरावाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २३ जना मध्ये १५ जनाको शव पहिचान भएको छ । मृतक पोखरा फूलवारीका मुक्तिनाथ वास्तोलाको ट्राउजरवाट, अहमद रसिदको ज्याकेटवाट, रेवतीप्रसाद वरालको औंठीवाट, वालकृष्ण न्यूरेको ज्याकेटवाट, डिकेस नेमकुलको ज्याकेटवाट, मतिवहादुर केसीको एसपी व्रसलेटवाट, कृष्णलाल विनिता भट्टचनको शारिरीक वनावटवाट, दुई वालवालिकाको उमेरका आधारमा, क्याप्टेन रोशन मानन्धरको अनुहारको आधारमा, कमला थकालीको शरीरको उचाईको आधारमा राजकुमार तामाङको अनुहारको आधारमा, डोल्मा तासिङ शेर्पाको अनुहारको आधारमा शव पहिचान भएको हो । वाँकी ८ जनाको पहिचान हुन नसकेको अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख एसएसपी महेन्द्र कुमार पोख्रेलले जानकारी दिएका छन् । चिनियाँ नागरिक माक्सु इन, दिलकुमारी गौचन, फेनजक गुरुङ, लक्ष्मीप्रसाद हिराचन, कान्छा परियार, पवित्रा केसी, देवीजंग गुरुङ र लेप्साङ लामाको पनि शव पहिचान हुन नसकेको पोष्ट मार्टममा संलग्न चिकित्सकले जनाएका छन् । पहिचान भएका कही शव आफन्तले विहीवार वुझेका छन् । केही शव शुक्रवार वुझाउने तयारी गरिएको छ । पहिचान नखुलेका शवहरु डी एन ए परीक्षण गरी आफन्तलाई वुझाईने जनाईएको छ । विहीवार हेलीकोप्टर मार्फत पोखरा ल्याईएका शव गण्डकी अस्पतालको शवगृहमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप