जिविस म्याग्दीको सूचना अब मोवाईलबाटै
म्याग्दी - जिविस म्याग्दीको सूचना अब मोवाईलमै प्राप्त गर्न सकिने भएको छ ।
मोवाईल एप्लीकेसन मार्फत सेवाग्राहीहरुले घरमै बसेर जिविसको सूचना, सन्देश, गतिबिधि, अभिलेख र सेवा प्राप्त गर्दा अपनाउनुपर्ने प्रक्रियाको बारेमा जानकारी प्राप्त गर्ने ब्यवस्था मिलाइएको छ ।
जिविसले तयार पारेको मोवाईल एपबाट ईन्ड्रोईड मोवाईल फोन प्रयोगकर्ताले यस्तो सुबिधा प्राप्त गर्न सक्ने स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले बताए । एक पटक डाउनलोड गरेपछि एप मार्फत जिविसले सार्वजनिक गर्ने विभिन्न सूचनाहरु अद्यावधिक भैरहने भएकाले सेवाग्राहीले आवश्यक परेको जुनसुकै बेलामा पनि जिविससंग सम्बन्धित सूचना तथा जानकारी मोवाईलबाट प्राप्त गर्न सक्ने पौडेलले जानकारी दिए । जिविसमा बिहीबार मोवाईल एपको उद्घाटन गर्नुहुदै स्थानीय विकास अधिकारी पौडेलले एनड्रोईन फोन प्रयोगकर्ताहरु बढीरहेको अवस्थामा उपभोक्ता समिति, राजनितिक दल, सेवाग्राहीहरुलाई एपले सेवा सुबिधा प्राप्त गर्न धेरै सजिलो हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँका अनुसार मोवाईल एप प्रयोग गर्ने जिविस म्याग्दी नेपालमै पहिलो भएको छ ।
जिविसका सूचना अधिकृत पदम भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा मोवाईल एपको बारेमा सूचना प्रबिधि स्वयमसेवक प्रविण पौडेलले मोवाईल एपको सुबिधाले सेवाग्राही सामान्य सूचना र जानकारीका लागि कार्यालयमै पुग्नुपर्ने समस्याको अन्त्य भएको बताउनुभयो । पौडेलका अनुसार यस्तो प्रबिधिको प्रयोगमा कुनै शूल्क लाग्दैन । चालु अंग्रेजी वर्षको जनवरी १ तारिकमा तयार भएको जिविसको मोवाईल एप जुगलमा दर्ता गरेर बिधिवत रुपमा प्रयोगमा ल्याइएको हो ।
जिविसको वेभसाईटमा राखिएका विभिन्न अभिलेख, प्रगति प्रतिवेदन, नागरीक वडापत्र, सूचना तथा जानकारीहरु एपको माध्यमबाट मोवाईलमै प्राप्त गर्न सकिन्छ । उक्त एप तयार गर्न स्वमसेवक पौडेल र जिविसका शाषन विज्ञ सन्तोष पन्थिको साथै बेनी बजारका युवा रोशन गौतमले स्वमसेवकको रुपमा सहयोग गर्नुभएको जिविसले जनाएको छ । जिविस म्याग्दी पछिल्लो समय प्रबिधिमैत्री बन्दै गएको छ । यसअघि अडियो नोटिस बोर्ड, डिजीटल हाँजीरी मेसीन, डिजीटल नागरीक बडापत्र प्रयोगमा ल्याइसकेको जिविसले कार्यालय परिसरलाई वाईफाई फ्रि बनाएको छ । प्रबिधिको उपयोगले सेवाग्राहीलाई सुबिधा र कर्मचारीको कार्यसम्पादनमा सहजता आएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण