सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

अवैध सम्बन्धबाट गर्भधारण गरेकी युवतीको मृत्यु

शुक्रबार, १४ फागुन २०७२, ११ : १६
शुक्रबार, १४ फागुन २०७२

इलाम - अवैध सम्बन्धबाट गर्भधारण गरेकी इलाम चुलाचुलीकी एक युवतीको असुरक्षित सुत्केरी गराएका कारण बुधबार राति ज्यान गएको छ ।

चुलाचुली–२ निवासी २२ वर्षीया कविता खत्रीको सुत्केरी अवस्थामै ज्यान गएको हो ।

वैदेशिक रोजगारका क्रममा श्रीमान् उत्तम खत्री दुई वर्षअघि विदेश गएपछि उनले अवैध गर्भधारण गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

साँझ सुत्केरी बेथाले च्यापेपछि ७ बजे घरमै बच्चा जन्मिएको थियो । बच्चा जन्मिनेबित्तिकै अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए ।

बच्चा जन्मिनेबित्तिकै आमाको मृत्यु भएपछि बच्चाको बिचल्ली भएको छ । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको परिवारले जनाएको छ । मृतकको शव परीक्षणका लागि उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रनि चुडालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप