मधेसका सोझा जनतालाई संविधान बुझाउन भैरहवामा सभा : एमाले नेता
भैरहवामा आज हुन गई रहेको नेकपा एमालेको अञ्चल स्तरिय आम सभामा प्रधानमन्त्री केपी ओली शर्मा सहितका नेताले समबोधन गर्ने भए पछि अहिले भैरहवाको माहौल तातिएको छ । आमसभाको तयारी, सम्बोधन गर्ने नेता तथा सभाको उद्देश्यमा केन्द्रित रहि रुपन्देही क्षेत्र नंम्बर २ का सांसद एवम एमाले नेता आदित्य नारायण कसौधनसँग रातोपाटीकर्मी राधेश्याम विश्वकर्माले गरेको कुराकानीको संपादीत अंश : एमालेले फागुन १४ गते भैरहवामा के गर्दै छ ? संविधानको बारेमा तराई मधेसमा जुन भ्रम फैलाइएको छ । त्यसको प्रस्टता पार्न तथा संविधानले प्रत्याभूत गरेको अधिकारको बारेमा वृहत रुपमा जानकारी दिन जनताको संविधान जनताको माझमा भन्ने प्रसंगले यो सभा आहवन गरिएको हो । अर्कोतर्फ भारत भ्रमणबाट भर्खरै फर्केका सम्मानिय प्रधानमन्त्रि के.पी शर्मा ओलीले स्वयं भारत सरकारसंग भएका छलफलका बारेमा पनि प्रकाश पार्ने हुदा फागुन १४ गते भैरहवाको सभा अत्यन्तै महत्वपुर्ण छ । यहां स्वयं समेत रहेको सभासदहरुले संविधान पारित गर्नुभयो तर तराईका केही समुहले असन्तुष्टि जाहेर गरिरहेको बेला पश्चिम तराई मधेसकै केन्द्रमा सभा गर्नुको कारण ? हेर्नुस् । तराईका जनताहरु सोझा साझा सिधा छन् । संविधानको बारेमा जनताले सत्य तथ्य बुझ्न पाएका छैनन । पहिले पनि हामीले भनेका छौं । ९१ प्रतिशत जनप्रतिनिधीको उपस्थिीतिमा ८५ प्रंतिशतले संविधान पारित गरेका छन् । संविधानको प्रत्येक धारा धारामा छलफलगरी पारित गरिएको हो । यो संविधान विश्वकै उत्कृष्ट संविधान हो । यसमा कुनै भ्रम नपालिए हुन्छ । संविधानमा मधेसी, थारु मुश्लिम, आदीबासी, जनजाति, दलित, महिला, अल्पसंख्यक, पिछडीएको समुदाय, सिमान्तकृत समुदाय, अपांगको हकहित सुरक्षीत गरिएको छ । मलाई लाग्छ यो संविधानले जत्तिको अधिकार यस अगाडी कहिल्यै थिएन । अब असन्तुष्टि जाहेर गर्नुको कुनै तुक छैन । भ्रमात्मक प्रचारको कारण यो असन्तुष्टि आएको हो । म अनुरोध गर्छु संविधान लिएर आफै अध्ययन गर्नुहोस् र स्पष्ट हुनुहोस । त्यहि भ्रमलाई चिर्न हामीले भैरहवामा आमसभा गरेका छौं । प्रधानमन्त्री स्वयं आफै भैरहवालाई महत्व दिएर आउदै हुनुहुन्छ । भारत भ्रमणपछि पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न सम्मानिय प्रधानमन्त्रि ज्यू भैरहवा आउनु खुसीको कुरा हो । यहाँ एमालेको नेता पनि हुनुहुन्छ , तराईमा एमालेले कार्यक्रम गरिरहँदा कस्तो प्रभाव होला ? तराईमा एमालेको १ सय १६ सिट मध्ये एमालेले ३६ सिटको प्रतिनिधीत्व अहिले पनि संसदमा गरिरहेको छ । यसैले तराईमा हाम्रो पार्टिको संगाठानीक आधार अत्यन्तै बलियो छ । हामीले आज १४ गते गर्ने भनिएको विशाल सभा एमालेको आयोजना भएता पनि सबै वर्ग समुदाय वा जनताको हो । यसमा सबैका उपस्थिति जरुरी छ । एमाले लुम्बिनीको आयोजनामा हुने सो सभाको सन्देश लिएर सबै लुम्बिनीबासी गाऊ गाऊ जानेछन् । तपाईलाई थाहै होला ०६२ साल मंसिर ४ गते बुटवलबाट शुरु भएको राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्धको आन्दोलनले शासन व्यवस्था परिवर्तन गरयो । अहिले भैरहवामा हुने फागुन १४ गतेको कार्यक्रमले विकास, शान्ति र समृद्धि तर्फ लाग्नुपदर्छ भन्ने सन्देश दिनेछ । सभालाई कसरी व्यवस्थित गर्नुहुन्छ ? देशका कार्यकारी प्रमुख सम्मानीय प्रधानमन्त्री के.पी शर्मा ओली, पार्टिका महासचिव इश्वर पोखरेल, उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव घनश्याम भुसाल, सचिव पृथ्बी सुब्बा गुरुंग, स्थायी कमिटी सदस्य युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, , स्थायि कमिटी सदस्य छविलाल विश्वकमा लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने उक्त कार्यक्रममा सबै जनता आउन म आग्रह गर्दछु । भैरहवामा यत्तिको ठूलो कार्यक्रम हुन पाउनु गौरबको कुरा हो । यो सभामा लुम्बिनी अन्चलका ६ वटै जिल्लाका करिब डेढ लाख मानिसहरु आउदै छन् । गाऊ गाऊबाट जनता ल्याउनकोलागी १२ सय भन्दा बढी साना ठूला सवारी परिचालन गरिएको छ । युवासंघ, विद्यार्थी, महिला र मजदुरको कमाण्डमा स्वयंसेवक सन्चालन गरिएको छ । विभिन्न उपकमिटी मार्फत सभालाई व्यवस्थीत गर्न केन्द्रिय तह देखी स्थानिय प्रारम्भीक तह सम्मका नेता कार्यकर्ता अहिले परिचालित भएका छन् । अन्त्यमा ... हाम्रा प्रधानमन्त्रीलाई भर्खरै भारतमा राजकिय सम्मान प्रदान गरियो । त्यो भन्दा बढी हामी लुम्बिनीबासीले प्रधानमन्त्रीलाई अभूतपुर्व स्वागत गर्नुपर्दछ । विश्व शान्तीका प्रतिक बुद्धको जन्म स्थल लुम्बिनीबाट शान्तिको सन्देश छरेर विश्वलाई शान्तिको सन्देश छर्दै मुलुकलाई समृद्धि तर्फ उन्मूख गराउनु पर्दछ । यसैले सबै मिलेर फागुन १४ गतेलाई सफल पारौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण