फेसबुकको लाइक बटनमा नयाँ फिचर
शुक्रबार, १४ फागुन २०७२, ११ : ३७
काठमाडौं – प्रयोगकर्ताहरुको सुझावको आधारमा फेसबुकले लाइक बटनमा नयाँ फिचरहरु थप गरेको छ । नयाँ फिचर थपिएपछि अब कुनै पनि पोस्टमा लाइक मात्र होइन आफूले चाहे अनुसारको प्रतिक्रिया जनाउन पाइनेछ । फेसबुकको लाइक बटनसँगै ५ नयाँ इमोसनहरु थपिएको छ ।
जसमा लभ, हाँसेको, आश्चर्य भएको, रिसाएको र दुखी भएको इमोसन थप गरिएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ फिचर थप भएको जानकारी दिए । ‘मानिसको हरेक पल रमाइलो हुँदैन । कहिले दुःखका कुरा सेयर गर्दा लाइक गर्न सँधै राम्रो हुँदैन,’ जुकरबर्गले सार्वजनिक प्रश्नोत्तरमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण