पर्वतको कुश्मामा युवाको शव फेला
शुक्रबार, १४ फागुन २०७२, ११ : ४३
पर्वत - पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ स्थित खरेहामा एक युवाको शव फेला परेको छ ।
स्थानीयवासी २० वर्षीय युवा सौरभ श्रेष्ठकोे शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पोखरा–बागलुङ सडकखण्डभन्दा केही तल कच्ची सडकमा मृत अवस्थामा भेटिएको र अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
उनका अनुसार उनको मृत्युको कारण पुष्टि भइसकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति र शव हेर्दा कुटपिट भएजस्तो पनि नदेखिएको र परीक्षणको रिपोर्टपछि मात्र थाहा हुने प्रहरी निरीक्षक पातलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण