सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

दुई भारतीय नक्कली नोटसहित पक्राउ

शुक्रबार, १४ फागुन २०७२, १२ : ३४
शुक्रबार, १४ फागुन २०७२

काठमाडौँ – नक्कली भारतीय नोटको कारोबार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत उत्तरप्रदेश सिद्धार्थ नगर बस्ने २६ बर्षीय शसेर खान र भारत विहार किशनगंज बस्ने २० बर्षीय सरफराह खान रहेका छन् । प्रहरीलेउनीहरुबाट भारतीय ५ सयको नोट ११ थान बरामद गरेको छ । महानगरीय प्रहरी बृत्त सिहदरवारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहिबार काठमाडौँ महानगरपालिका–३१ प्रदर्शनिमार्ग स्थित भृकुटीमण्डप स्थित खुल्ला बजारबाट उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप