एमाओवादी केन्द्रीय कार्यालयमा सहिद सप्ताहको कार्यक्रम शुरु
काठमाडौं – एकीकृत नेकपा(माओवादी) केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सहिद सप्ताह सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सुरु भएको छ । एकीकृत नेकपा(माओवादी)ले सहिद सप्ताह फागुन १४ गते देखि २१ गतेसम्म मनाउने र सम्पूर्ण सहिदहरुप्रति सम्झाना गर्ने गर्दछ । पार्टी मुख्यालय कोटेश्वरमा पार्टी महासचिव कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगर, पोलिट्व्यूरो सदस्य तथा जनक्रान्तिका महान् सहिद परिवार नेपालका अध्यक्ष एमव् एमाओवादी व्यवस्थापिका संसदका प्रमुख सचेतक हितराज पाण्डे, केन्द्रीय सदस्यहरु लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जनक्रान्तिका महान् सदिद परिवार नेपालका अध्यक्ष हितराज पाण्डेले आज यो दिन २०५२ साल फागुन १४ गते गोरखाको पन्द्रुङ्गमा तात्कालिन राज्यपक्षबाट हत्या गरिएका ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेल (जनयुद्धका प्रथम सहिद) र झापा विद्रोहका सहिदहरु रामनाथ दाहाल, वीरेन्द्र राजवंशी, कृष्ण कुँईकेल, नारायण श्रेष्ठ र नेत्र घिमिरेलाई जसलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा हत्या गरिएको फागुन २१ गतेका बारेमा संक्षिप्त चर्चा गरे । उनले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिका लागि अघि बढ्नु नै सहिदहरुप्रति सच्चा सम्मान हुने बताए । उनले सम्पूर्ण क्रान्तिकारीहरु एकताबद्ध भई दक्षिणपन्थीहरुसँग जुद्धै अघि बढ्नु पर्ने बेला आएको र अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टी पुर्ननिर्माणमा गोलबद्ध भएर अघि बढे मात्र सम्पूर्ण सहिदहरुप्रति सम्मान हुने बताए । कार्यक्रमलाई एकीकृत नेकपा(माओवादी) केन्द्रीय कार्यालय सचिव प्रकाश पोख्रेलले सञ्चालन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण