सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई दुई करोड जरिवाना, अधिकांश शिक्षक नेता

शुक्रबार, १४ फागुन २०७२, १२ : ५९
शुक्रबार, १४ फागुन २०७२

उदयपुर - अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सम्पति विवरण नबुझाउने उदयपुरका तीन सय ९८ जना शिक्षकहरुलाई कारवाही गरेको छ । प्रत्येक आर्थिक बर्षको सुरुमा सम्पत्ति विवरण नबुझाउने तीन सय ९८ जना शिक्षकबाट १ करोड ९९ लाख जरिवाना असुल गर्न अख्तियारले पत्राचार गरेको हो । जिल्ला शिक्षा कार्यालय उदयपुरका अनुसार प्राविका ३ सय ३३, निमाविका ३९ र माविका २६ जना शिक्षकले आफ्नो सम्पत्ति बुझाएका छैनन् । अख्तियारले शिक्षा मन्त्रालय मार्फत २०७२ साल माघ १७ गते पत्र पठाई जिल्ला शिक्षा कार्यालयलाई सम्पति विवरण नबुझाउने शिक्षकहरुलाई पाँचहजार जरिवाना गर्न निर्देशन पठाएको हो । यसरी सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुले फागुन मसान्त भित्रमा पाँच हजार जरिवाना सहित जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालय शिक्षक किताब खानामा पुनः सम्पत्ति बिवरण बुझाउन सुचना टाँस गरिएको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी भुपेन्द्रप्रसाद कोइरालाले बताए । यस्तै अख्तियारको कारबाहीमा शिक्षक युनियनका अध्यक्ष तथा शिक्षक संघका केन्द्रिय सदस्य अमरेन्द्र झा लगायत शिक्षक संघका नेता शिक्षक सुवास विष्ट, दान बहादुर कटुवाल, दिपबहादुर साही, एमाले निकट शिक्षक सगठनका पूर्व अध्यक्ष टंकप्रसाद गुरागाँई, संगठनका नेता गोविन्द बहादुर राउत, तोया बहादुर बुढाथोकी, उद्धवबहादुर घिमिरे, एमाओवादी निकट शिक्षक नेता पुण्यबहादुर कार्की, शारदा खतिवडा वराल, संघीय समाजवादी फोरम निकट शिक्षक युनियनका अध्यक्ष इन्द्र कुमार राउत, र केदार कुमार कार्की, महेन्द्रबहादुर राउत, महिनारायण चौधरी, श्याम नारायण चौधरी, सुरेश कुमार केसी, सूर्यनारायण साह नेता शिक्षकहरु पनि रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार शिक्षा मन्त्रालयले सो पत्र जिल्ला शिक्षा कार्यालय पठाएको स्रोतले जनाएको छ । पहिलो पटक कार्वाही स्वरुप पाँचहजार जरिवाना गरिएको र पुनः तोकिएको समयमा सम्पति विवरण नबुझाउने शिक्षकहरुलाई थप कारवाही हुने शिक्षा कार्यालय स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप